8 years ago
March 31, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत पाँचौ इभेन्टको उपाधि रामे थापाले जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा खेलिएको अन्तिम दिनको खेलमा इभन पर ६८ स्कोर बनाउदै समग्रमा ५ अन्डर २६७ अंक जोड्दै थापाले उपाधि जितेका हुन्।
अन्तिम चरणको खेल सुरुहुनुअघि ६ स्ट्रोकको अग्रता बनाएका थापा एक समय ९ स्ट्रोकले अगाडी थिए तर १४औं र १५औं होलमा खराब प्रदर्शन गरेपनि उनि शीर्षस्थानमा रहिरहे। जितसंगै उनले ट्रफी र रु. ८५ हजारको चेक प्राप्त गरे। दोश्रो स्थानमा रहेक शिवराम श्रेष्ठले शुक्रबार इभन पार ६८ खेल्दै समग्रमा १ ओभर २७३ जोडे। उनले रु. ५८ हजारको चेक प्राप्त गरे भने उनीभन्दा २ स्ट्रोक बढी खेलेका भुवन नगरकोटीले तेश्रो हुँदै ४५ हजार पाए।
सुर्य प्रसाद शर्मा र धन बहादुर थापाले चौथो स्थानमा रहदैं रु. ३७,५०० जित्दा छैठौं स्थानमा रहेका संजय लामाले रु. ३०,००० पाए। सातौं स्थानमा रहेका विकास अधिकारी र रबि खड्काले रु. २३,७५० जिते भने नवौं स्थानका भुवन कुमार रोक्काले रु.२०,००० पाए। १०औं स्थानमा रहेका कृष्ण मन राजवाहक र यलम्बर सिंह अधिकारीले समान रु.१७,००० जिते।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्। बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग […]