8 years ago
March 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लबमा जारी सुर्य नेपाल काठमाडौँ ओपन अन्तिम चरणमा प्रवेश गर्दा रामे मगर ६ स्ट्रोकले शीर्षस्थानमा रहेका छन्।
बिहिबारको खेलमा १ अन्डर ६७को स्कोर बनाएका मगरले ५४ होलमा ५ अन्डर १९९को स्कोर बनाएका छन्। सुर्य नेपाल गल्फ टुरको पाँचौ इभेन्टका रुपमा रहेको काठमाडौँ ओपनमा २९ व्यावसायिक र ११ एमेच्योर गल्फरले भाग लिएका छन्।
दोश्रो स्थानमा रहेका शिवराम श्रेष्ठले २ अन्डर ६६को स्कोर बनाए भने भुवन नगरकोटीले १ अन्डर ६७ खेले। दुवैको समग्रमा १ ओभर २०५ अंक रहेको छ।
सुर्य प्रसाद शर्माले बिहिबार ४ ओभर ७२ बनाउदै समग्रमा २ ओभर २०६ सहित चौथो स्थानमा रहे। संजय लामा, धन बहादुर थापा र भुवन कुमार रोक्का सम ३ ओभर २०७ जोड्दै पाँचौ स्थानमा रहेका छन्।
रु. ५ लाख बजेट रहेको प्रतियोगिताको विजेताले रु. ८५ हजार जित्नेछ भने उपविजेताले री.५८ हजार पाउनेछ। तेश्रो स्थानलाइ रु. ४५,००० निर्धारण गरिएको प्रतियोगिताको बाँकी २१ स्थानमा रहनेले पनि पुरस्कार जित्नेछन।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्। बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग […]