default_image

8 years ago

March 30, 2017

नेपाली भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक ग्रहण गर्यो

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक बिहीबार ग्रहण गरेको छ । माल्दिभ्समा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको समापनका अवसरमा नेपालले कांस्य पदक प्राप्त गरेको हो ।

volleyball

४१ बर्षअघि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले जितेको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । नेपाललाई लिग चरण र प्ले अफमा हराउने कीर्गिस्तानै सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप विजेता बनेको छ । बिहीबार भएको फाइनलमा तुर्किमिनिस्तानलाई ३–१ ले हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो ।

कीर्गिस्तानसँगको ‘प्ले अफ’ मंगलबार ३–० को सेटले गुमाएपछि नेपाल कांस्य पदकमा सिमित भएको थियो । लिग चरणमा भने तुर्किमिनिस्तानले कीर्गिस्तानलाई हराएको थियो ।

सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो । १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग) देखि निरन्तर भाग लिदै आएको नेपालले पुरुष भलिबलमा कुनै पनि पदक जित्न सकेको थिएन । सागमा नेपालको महिला टोलीले भने तीन पदक कास्य पदक जितिसकेको छ ।

नेपाली टोली भोली राती स्वदेश आइपुग्नेछ । बिहान माल्दिभ्सबाट यात्रा सुरु गर्ने टोली दुबईहुँदै काठमाडौं आउने नेपाली टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले जानकारी दिए ।

नेपाली भलिबल टोली – इम रानामगर (कप्तान), मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा, दिल सुनार, महेन्द्र श्रेष्ठ, भैरव बम, हरि अधिकारी, नरेन्द्र गिरी, राजकुमार निरौला, दुर्गाप्रसाद महतो र ईश्वर थापा मगर ।

प्रशिक्षक – वीरेन्द्र चौधरी (मुख्य),जगदिश भट्ट (सहायक)

व्यवस्थापक – डम्बरबहादुर नेपाली

volleyball-1

पदक ग्रहण गर्दै नेपाली टोली ।

एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप विजेता कीर्गिस्तान टोली ।

एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप विजेता कीर्गिस्तान टोली ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

पिएम कप – अन्तिम खेल जित्दै एपिएफ तेस्रो

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]

Success

Thank you for your time.