8 years ago
March 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा कांस्य पदक जितेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोली शुक्रबार स्वदेश आइपुग्ने भएको छ । ‘शुक्रबार बिहान यहाँबाट निस्कनेछौं,’ नेपाली राष्ट्रिय टोलीका सहयाक प्रशिक्षक जगदिश भट्टले भने,‘ दुबई हुँदै त्यसै दिन काठमाडौं ओर्लनेछौं ।’
कीर्गिस्तानसँगको ‘प्ले अफ’ मंगलबार ३–० को सेटले गुमाएपछि नेपाल कांस्य पदकमा सिमित भएको थियो । नेपाललाई पराजित गर्दै फाइनल पुगेको कीर्गिस्तानले बिहीबार उपाधिका लागि तुर्किमिस्तानको सामना गर्नेछ । लिग चरणका सबै तीन खेल जित्दै तुर्किमिस्तान पहिले नै फाइनल पुगेको थियो ।
बिहीबार हुने समापनमा पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई पदक वितरण गरिने प्रशिक्षक भट्टले जानकारी दिए । ४ टोलीको सहभागिता रहेको प्रतियोगिता लगातार तीनै खेल हारेको माल्दिभ्स सबै भन्दा पहिले बाहिरिएको थियो । माल्दिभ्समाथि जित प्राप्त गरेकै कारण नेपालले पदक पक्का गरेको थियो ।
चार महिनाअघि बंगलादेशमा भएको तेस्रो स्थानको खेलमा नेपाल माल्दिभ्सँग नै पराजित भएको थियो । ४१ बर्षअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको नेपालको पुरुष भलिबलले अन्तर्राष्ट्रिय पदक जितेको यो पहिलो पटक हो ।
सहायक प्रशिक्षक भट्टले समग्रमा प्रदर्शन सन्तोषजनक रहेको बताए । ‘यसअघिका सधै हाम्रो उपस्थिति सहभागितामै सिमित हुन्थ्यो,’ उनले भने,‘यसपटक पहिलो पटक पदक जितेका छौं । यसले पक्कै पनि नेपाली भलिबलको भविष्य सुखद रहेको संकेत गरेको छ । अब आउने दिनमा हाम्रो सहभागिता पदक जित्नकै लागि हुने सन्देश यसले दिएको छ ।’
सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो । १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग) देखि निरन्तर भाग लिदै आएको नेपालले पुरुष भलिबलमा कुनै पनि पदक जित्न सकेको थिएन । सागमा नेपालको महिला टोलीले भने तीन पदक कास्य पदक जितिसकेको छ ।
नेपाली भलिबल टोली – इम रानामगर (कप्तान), मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा, दिल सुनार, महेन्द्र श्रेष्ठ, भैरव बम, हरि अधिकारी, नरेन्द्र गिरी, राजकुमार निरौला, दुर्गाप्रसाद महतो र ईश्वर थापा मगर ।
प्रशिक्षक – वीरेन्द्र चौधरी (मुख्य),जगदिश भट्ट (सहायक)
व्यवस्थापक – डम्बरबहादुर नेपाली
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]