default_image

8 years ago

March 27, 2017

बंगलादेशी रकिब चेस च्याम्पियन, महिलातर्फ ७३ वर्षीय रानी विजेता

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । २४९२ रेटेड रकिबले च्याम्पियनसिपको अन्तिम दिन सोमबार ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई हराएका थिए । जितसँगै रकिबले सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनसिपका लागि छनोट भएका छन् । ९ खेलमा ८ अंक जोडेका रकिबले १ हजार ५ सय अमेरिकी डलर प्राप्त गरेका छन् ।

chess-winner
समिमा अख्तरलाई हेड टु हेडमा पछि रानी हमिद एसियन जोनल ३.२ चेस च्याम्पिनसिपको महिला तर्फको उपाधि जितेकी छिन् । अन्तिम खेलमा नेपालकी मतिना कुसीलाई हराउँदै ८ अंक जाडेकी ७३ वर्षीय वुमन इन्टरनेशनलमास्टर रानीले १ हजार अमेरिकी डलर प्राप्त गरिन् । टाईब्रेकमा पछि परेकी वुमन इन्टरनेशनलमास्टर समिमाले नेपालकी सबिना श्रेष्ठलाई हराउँदै ५ सय अमेरिकी डलर प्राप्त गरिन् ।
बंगलादेशी ग्रान्डमास्टर जीउर रहमान (२५२०) नेपालका केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७.५ अंकका साथ दोश्रो हासिल गरे । उनले १ हजार अमेरिकी डलर प्राप्त गरे । अन्तिम खेलमा आफ्नै देशका फिडेमास्टर हसन मेहेदी (२२६३) सँग बराबरीमा रोकिएका ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) ७ अंकका साथ तेश्रो स्थानमा रहे भने उनले ५ सय अमेरिकी डलर हात पारे ।

श्रीलंकाली कालुगाम्पिटीया आर एसका लागि च्याम्पियनसीप सुखद रह्यो । २१२९ रेटेड उनले अन्तिम चरणमा नेपालका हिमाल लामा (२०८१) लाई माथ दिदै चौथो स्थान हासिल गरे । ६ अंक प्राप्त गरेका कालुगाम्पिटियाले फिडेमास्टरको उपाधि समेत प्राप्त गरेका थिए ।

बंगलादेशका फिडेमास्टरद्धय हसन मेहेदी तथा रहमान साइद मफजुर तथा नेपालका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ समान ५.५ अंकका साथ क्रमशः पाचौं, छैटौं र सातौं स्थानमा रहे । नेपालका क्यान्डिडेट मास्टर केशव श्रेष्ठ, बंगलादेशका ग्रान्डमास्टर इनामुल हुसेन र फिडेमास्टर मोहम्मद तैवुर रहमान क्रमशः आठौं, नवौं तथा दसौं भए ।

च्याम्पियनसिपबाट नेपालका हिमाल लामा, नविन तण्डुकार, भगवतीप्रसाद शर्मा, मिलन लामा र राजेन्द्रकुमार पराजुलीले क्यान्डिडेट मास्टरको उपाधि प्राप्त गर्न सफल भए ।

त्यसैगरी महिलातर्फ बंगलादेशी वुमन फिडेमास्टर नजराना खान ६ अंकका साथ तेश्रो स्थानमा रहिन् । अन्तिम चरणमा नेपालकी शान्ता थापालाई हराउन सफल उनले ३ सय अमेरिकी डलर प्राप्त गरिन् । बंगलादेशी सरमीन समिहा सिम्मि तथा वुमन फिडेमास्टर सुल्ताना सरमिन सिरीन समान ५.५ अंकका साथ क्रमशःचौथो र पाँचौं भए । बंगलादेशी सरमीन समिहा सिम्मि तथा श्रीलंकाली सौम्य जनावले वुमन क्यान्डिडेटमास्टरको उपाधि प्राप्त गरे ।

श्रीलंकाली सौम्य जैनव ५ अंकका साथ छैटौं स्थानमा रहिन् । बंगलादेशी वुमन फिडेमास्टर महमुदा हक चौधरी, नेपालका शान्ता थापा तथा सविना श्रेष्ठ क्रमशः सातौं, आठौं र नवौं भए । नेपालकी मतिना कुसी २ अंकका साथ दशौं भइन् ।

नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा सम्पन्न च्याम्पियनसीपमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्सका ४२ जना खेलाडीको सहभागिता थियो ।

६ हजार ५ सय अमेरिकी डलर पुरस्कार रहेको च्याम्पियनसिपका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्ट, एशीयाली चेस महासंघका डेपुटी प्रेसिडेन्ट भरत सिं चौहान, एसियन जोनल ३.२ का अध्यक्ष राजेशहरी जोशी लगायतले पुरस्कार गरे ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

Success

Thank you for your time.