8 years ago
March 26, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – चार दशकदेखि अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाउँदै आएको नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक पदक जित्ने पक्का भएको छ । माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालको कम्तिमा कास्य पदक पक्का भएको नेपाली भलिबल टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले टेलिफोनमा हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् ।
आयोजक माल्दिभ्सले लगातार तीन खेल हार्दै प्रतियोगिताबाट बाहिरिएपछि एक खेल जितिसकेको नेपालले कम्तिमा कास्य पदक जित्ने पक्का भएको हो । पहिलो खेलमा कीर्गिस्तान र दोस्रो खेलमा नेपालसँग पराजित भएको माल्दिभ्सले तुर्किमिस्तानसँग आइतबारको खेल ३–० सेटले गुमाएका थियो । सहायक प्रशिक्षक भट्ट भने,‘ भलिबलमा पहिलो पटक हामीले अन्तर्राष्ट्रिक पदक जित्ने पक्का भएको छ । अझै हामी फाइनल पुग्ने सम्भावना बाँकी रहेकोले यो भन्दा ठूलो पदक पनि जित्न सम्भवना बाँकी छ । तर पनि कम्तीमा कास्य निश्चित भएको छ । यो नेपाली भलिबलका लागि ठूलो सफलता हो ।’
माल्दिभ्सले तीनै खेल हारेपछि नेपाल राउन्ड रोविनको अन्तिम खेलअघि नै कम्तिमा तेस्रो हुने पक्का भएको हो । राउन्ड रोविनअन्तर्गतको अन्तिम खेल सोमबार नेपाल र कीर्गिस्तानबीच हुनेछ । सबै तीन खेल जित्नै तुर्कमिनिस्तान भने फाइनलमा पुगिसकेको छ ।सोमबारको नतिजा जे भएपनि नेपाल र कीर्तिस्तानबीच पुनः मंगलबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
त्यसको विजेताले तुर्किमिस्तानसँग फाइनल खेल्ने भट्टले जानकारी दिए । उनले भने ‘दुवै टोलीका लागि भोली भन्दा पनि पर्सीको खेल महत्वपूर्ण हो । भोली राउन्ड रोविनको खेलमा हारेपनि हामी तेस्रो हुन्छौं । पर्सीको खेल फाइनल प्रवेशका लागि हुने भएकोले त्यो बढी महत्वपूर्ण हुनेछ ।’
सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो । सन् १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग) देखि निरन्तर भाग लिदै आएको नेपालले पुरुष भलिबलमा कुनै पनि पदक जित्न सकेको थिएन । सागमा नेपालको महिला टोलीले भने तीन पदक कास्य पदक जितिसकेको छ ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]