8 years ago
March 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको नेपालले आज आयोजक टोलीको सामना गर्दैछ । नेपाल र माल्दिभ्स दुवैले पहिलो खेल गुमाइसकेकाले शुक्रबारको खेल दुवैका लागि महत्वपूर्ण हुनेछ ।
नेपाल बिहीबार तुर्केमिनिस्तानसँग र माल्दिभ्स कीर्गिस्तानसँग पराजित भएको थियो । नेपाली टोलीले बिहान अभ्यास गरेको टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । उनको अनुसार नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे खेल सुरु हुनेछ । नेपालले बिहीबारको खेल उपाधिको दाबेदार तुर्केमिनिस्तानसँग २५–२०, २५–१८ र २५–२२ ले गुमाएपनि भट्टले प्रदर्शन सन्तोषजनक भएको बताएका छन् ।
‘तुर्कमेनिस्तान हामी भन्दा निकै माथिको टोली हो । त्यस्तो टोलीसँग यस्तो प्रदर्शन नराम्रो होइन,’ उनले भने, ‘हामी ब्लकमा केही चुक्यौं । यद्दपी समग्रमा प्रदर्शन राम्रो रह्यो । हार जित जे भएपनि खुलेर खेल्न भनेका थियौं , खेलाडीले त्यसरी नै खेले । यो प्रदर्शनलाई निरन्तरता दिन सके आउने दुई खेलमा नतिजा निकाल्ने सम्भावना छ ।’
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]