8 years ago
March 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हारका साथ माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले बिहीबारको आफ्नो पहिलो खेल तुर्कमेनिस्तानसँग ३–० ले गुमायो । उपाधिको दाबेदार तुर्केमिनिस्तानसँग नेपाल २५–२०, २५–१८ र २५–२२ ले पराजित भएको हो ।
हारका वावजुद नेपाली टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले टोलीको प्रदर्शनमा खुसी व्यक्त गरे । ‘तुर्कमेनिस्तान हामी भन्दा निकै माथिको टोली हो । त्यस्तो टोलीसँग यस्तो प्रदर्शन नराम्रो होइन,’ उनले भने, ‘हामी ब्लकमा केही चुक्यौं । यद्दपी समग्रमा प्रदर्शन राम्रो रह्यो । हार जित जे भएपनि खुलेर खेल्न भनेका थियौं । खेलाडीले त्यसरी नै खेले । यो प्रदर्शनलाई निरन्तरता दिन सके आउने दुई खेलमा नतिजा निकाल्ने सम्भावना छ ।’
सहायक प्रशिक्षक भट्टले पदक जित्ने लक्ष्यका साथ माल्दिभ्स आएको उल्लेख गर्दै त्यसको सम्भावना रहेको दाबी गरे । ‘हामी पदक जित्ने तयारीका साथ आएका छौं’ उनले भने, ‘भोलीको खेल हाम्रो लागि धेरै महत्वपूर्ण छ । लगातार खेलले आराम अलि पाइन्न । तर पनि खेलाडीको मनोबल उच्च छ । ’
पदक जित्ने सके नेपाली भलिबल इतिहासमै पुरुष टोलीले जित्ने पहिलो पदक बन्ने छ । महिला राष्ट्रिय टोलीले दक्षिण एसियाली खेलकुद (साग) मा तीन पदक कास्य पदक जितेपनि नेपालको पुरुष भलिबल टोली अहिले सम्म पदक विहिन रहँदै आएको छ । नेपालले शुक्रबार आयोजक माल्दिस र मार्च २७ मा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]