8 years ago
March 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल ओपन एमेच्योर गल्फ च्याम्पियनसिप अन्तर्गत मंगलबार पार-७२ गोकर्ण गल्फ क्लबमा भएको दोश्रो दिनको खेलमा नेपाल ‘बि’ टोलीले टिम इभेन्टको उपाधि जितेको छ।
पहिलो दिनमा १४६ स्कोर जोडेको नेपाल ‘बि’ले दोश्रो दिनमा १४५को स्कोर बनाएपछि जित सम्भव भएको थियो। शिव कुमार माझीले पहिलो दिन ७२ र दोश्रो दिन ७३ अंक जोडे भने मंगलबार २ ओभर ७४ अंक बनाएका शुक्र बहादुर राईले इभन पार ७२ जोडे।
दोश्रो स्थानमा बंगलादेशका मोहम्मद शाह आलम र मोहम्मद सोमरात सिक्दार रहे भने तेश्रो स्थान ‘ए’ को प्रतिनिधित्व गरिरहेका टंक बहादुर कार्की र तेन्जिङ छिरिङको जोडी रह्यो।
व्यक्तिगत विधा तर्फ भने शिव कुमार माझी शिर्षस्थानमा आइपुगेका छन्। दोश्रो दिन बुधबार १ ओभर ७३ बनाएका माझीले समग्रमा १ ओभर १४५को स्कोर बनाउँदै दोश्रो स्थानमा रहेका शुक्र बहादुर राईलाई १ स्ट्रोकले पछाडी पारे। तेश्रो स्थानमा वाङचेन धन्दुप ३ ओभर १४७ लिएर बसेका छन्। पहिलो दिनमा अग्रस्थानमा रहेका हृदेश सिंह भने ४ ओभर १४७को स्कोर बनाउँदै टाशी दोङ र टाशी छिरिङसंग चौथो स्थानमा रहेका छन्।
४८ खेलाडी सम्मिलित प्रतियोगिताको अन्तिम दिन बिहिबार ३० खेलाडीले अन्तिम चरणमा सहभागी हुन पाउनेछन। साथसाथै २४ सिनियर गल्फरले ९ होलको सिनियर प्रतियोगिता पनि भोलि खेल्ने कार्यक्रम रहेको छ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्। बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग […]