8 years ago
March 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशी ग्रान्डमास्टर जिआउर रहमान र अब्दुल्लाह अलल रकिब र फिडे मास्टर हसन मेहन्दी २.५ अंकका साथ राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको तेस्रो चरणको समाप्तीमा संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् ।
फिडे मास्टर मनीष हमाल
नेकोस चेस बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा मंगलबार २५२० रेटेड जिआउल हक र २४९२ रेटेड रकिब विचको खेल बराबरीमा टुंगिएको थियो । २२६३ रेटेड मेहन्दीले जित हात पारे ।
त्यसैगरी आज २०३६ रेटेड नेपालमा क्षितिज भण्डारीले २४२२ रेटेड बंगलादेशका ग्रान्डमास्टर नियाज मुर्सदलाई बराबरीमा रोक्दै अपराजित यात्रा कायम राखे । उनीसंगै पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठ,सुमित पन्त,फिडे मास्टर मनीष हमालले पनि अपराजित यात्रा कायम राख्दै २ अंक जोडेका छन् ।
केशब र सुमितबीचको खेल बराबरी टुंगियो । २०५२ रेटेड मनीष र बंगलादेशका २३४१ रेटेड रहमान मोहम्मद तैबुरले बराबरी खेले । नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई हराउदै दुइ अंक पु¥याएका छन् ।
महिला तर्फ डक्लुआइएम हमिद रानी लागातार तेश्रो जित हात पार्दै शीर्ष स्थानमा छिन् । उनले तेश्रो चरणमा अर्की डक्लु आइएम समिमा अख्तरलाई हराइन् । सबिना श्रेष्ठ पराजित भइन् । श्रीलंकाकी साउमी जैनेबले पनि मतीना कुसीलाई हराउदै दुइ अंक जोडेकी छिन् । नेपाली खेलाडीमा शान्ता थापाले मोहमुदा हक चौधरी तथा सिन्दीरा जोशीले पुनम प्रसाइलाई हराइन् ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]