8 years ago
March 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फिडे मास्टर मनीष हमाल र आशिष फुयालले सोमबार पनि एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगितामा उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् । २०८१ रेटेड मनीषले दोश्रो चरणको खेलमा २४२२ रेटेड बंगलादेशी जिएम नियाज मुर्सदसंग बराबरी गरे तथा १८०१ रेटेड आशिषले बंगलादेशी आइएम २३४३ रेटेड अबु सफीयन सकीलसँग बराबरी गरे ।
प्रतिस्पर्धामा शान्ता थापा (बायाँ) र सविना श्रेष्ठ । सो खेलमा सविना विजयी भएकी थिइन् ।
२०३६ रेटेड सिएम क्षितिज भण्डारीले बंगलादेशी एफएम २३४१ रेटेड रहमान मोहम्मद तबीरसँग अंक बाढे । मदनकृष्ण कायस्थ शीर्ष वरियताका बंगलादेशी जिएम जिआउर रहमानसँग पराजित भए ।
नेपाल बुद्धिचाल संघ र नेकोस चेस एकडेमीको आयोजानमा जारी प्रतियोगितामा सोमबारका अन्य खेलमा बंगलादेशी जीएम अब्दुल्ला अल रकीबले हिमाल लामालाई , नबीन तण्डुकारले मोहन सिंह प्रधानलाई, भवगती प्रसाद शर्माले मोहम्म्द इम्रान खानलाई तथा अहमद एमन इब्राहिमले रञ्जन कुबँरलाई हराए ।
बंगलादेशका एफएम रहमान सायद मुजफुरले नेपालका सिएम रिजेन्द« राज भण्डारीलाई हराए । दुइ चरणको समाप्तीमा रहमान,रकिब र मुजफुरको २ अंक छ । मनीष, हुसेन,तैबुर, क्षितिज र आशिषको समान १.५ अंक छ । मदनकृष्ण सहित हिमाल,रिजेन्द«, नबीन र भगवतीको समान १ अंक छ ।
महिला तर्फ शीर्ष वरियताकी डब्लु आइएम बंगलादेशी समिमा अख्तरले आफ्नै देशकी डब्लुएफ नजराना खान, बंगलादेशी डब्लु आइएम हमिद रानीले श्रीलंकाकी सुमेइ जयनेब तथा नेपालकी मतीना कुशीले आफ्नै देशकी पुनम प्रसाइलाई हराइन् । सविना श्रेष्ठले शान्ता थापालाई पराजित गरिन् । मंगलबार तेस्रो चरणका खेल हुनेछन् ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]