default_image

8 years ago

March 18, 2017

हुन्डाई ओपन गल्फको उपाधि शाहलाई

125 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित एक दिने हुन्डाई ओपन गल्फ प्रतियोगिता २०१७को उपाधि विकास शाहले जितेका छन्। प्रतियोगितामा सहभागी खेलाडीले स्टेबलफर्ड ३/४ ह्यान्डिक्याप ढाँचामा १८ होल खेलेका थिए।

group-pic

कुल ३९ अंक जोडेका विकासले उपाधि जित्दा १ अंकले पछि परेका आङ नोर्बु शेर्पा दोश्रो स्थानमा रहे। ८ ह्यान्डीक्यापमा खेलेका शाहले फ्रन्ट नाइनमा १९ अंक र ब्याक नाइनमा २० अंक जोड्दै उपाधि जितेक हुन्। उनले उपाधि संगै रु. १ लाख बराबरको गिफ्ट भौचर जितेका छन्। दोश्रो स्थानमा रहेका आङ नोर्बुले ट्रफीसहित ५० हजारको गिफ्ट भौचरका साथै सबैभन्दा धेरै बर्डीज प्रहार गरेकोमा रु. १० हजार पनि जिते।

काउन्ट ब्याकमा निर्मल दाहाल र ध्रुब थापालाइ पछि पर्दै निश्चय जंग रायमाझीले तेश्रो स्थानको उपाधि जिते। उनले नगद २० हजार बराबरको गिफ भौचर पनि पाए। यसैगरी वाङचेन धन्दुपले ३३ अंक जोड्दै उच्च ग्रस स्कोरको उपाधिसंगै रु. ५० हजारको गिफ्ट भौचर जिते।

प्रतिमा शेर्पाले ३६ अंक जोड्दै लेडिज तर्फको उपाधि जितिन्। उनले ट्रफीसंगै रु. २० हजार बराबरको गिफ्ट भौचर पनि हात पारिन्। गोपाल चित्रकारले सिनियरतर्फको उपाधिसंगै रु. २० हजारको गिफ्ट भौचर हात पारे। जम्लिङ घलेले हुन्डाई मालिकको विधातर्फ २४ अंक जोड्दै २० हजारको गिफ्ट भौचर पाए भने स्याम डब्लर्डले जुनियरतर्फको उपाधि जिते। सबैभन्दा लामो ड्राइभ हानेका संयोग शाहीले रु. १० हजार बराबरको गिफ्ट भौचर जिते।

प्रतियोगिता अन्तर्गत १०औं होलमा ‘होल इन वन‘ प्रहार गर्नेलाई हुन्डाईको ग्रान्ड आइ१० कार प्रदान गरिने भनिएपनि कसैले  प्रहार गर्न सकेनन्। यधपी आङ छिरिङ शेर्पाले क्लोजेस्ट टु द पिनको उपाधि हात पारे। उनले रु. १० हजार बराबरको गिफ्ट भौचर पनि प्राप्त गरे। प्रतियोगित मध्ये सबैभन्दा व्यवस्थित हुन्डाई कर चढ्नेलाइ हुन्डाईले विशेष पुरस्कार स्वोरुप प्रदान गरेको रु. १० हजार बराबरको सर्भिस भौचर महेन्द्र मैनालीले जिते।

११५ खेलाडी सहभागी प्रतियोगिताको प्रायोजन लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले गरेको थियो। नेपालका लागि दक्षिण कोरियाका राजदुत चो योंग जिन,लक्ष्मी ग्रुपकाअध्यक्ष गणेश बहादुर श्रेष्ठ,गोकर्ण गल्फ रिसोर्टका अध्यक्ष सुह्रद घिमिरे र कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।

February 20, 2025

एरिकालाई के वान युथ लिगमा रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले‌ जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]

February 20, 2025

गिलको शतकमा भारतको विजयी सुरुवात

एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको‌ हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]

February 20, 2025

भारतका आशुतोषलाई विदुर मेयर कप चेस उपाधि

नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।  नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको‌ प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्।  बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग […]

Success

Thank you for your time.