8 years ago
March 18, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरा माटेपाटनमा जारी प्रथम अभियान पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आज हुँदैछ । बिहान हुने सेमिफाइनलमा पोखरा बहुमखी क्याम्पस र पोखरा क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा बाराही मावि र पुनहिल क्लब घोरेपानी बीच हुने बताइएको छ । फाइनल पनि आजै हुनेछ ।
शुक्रबार पहिलो खेलमा पोखरा क्लबले मालेपाटन जागृति क्लबलाई २५–१६, २५–१७ को सेट सेटमा हरायो । अर्को खेलमा पुनहिलले मालेपाटन युनाईटेडलाई २२–२५, २५–२० र २५–२२ ले पराजित गर्यो । पोखरा बहुमुखी क्याम्पसले नेपाल प्रहरीलाई १६–२५, २५–२१, २०–२५ ले तथा बाराही माविले कालाबाङलाई २१–२५, २५–१४ र २५–१७ ले हरायो ।
त्यस्तै पुनहिलीले सशस्त्र प्रहरी बल कालिका गणलाई २५–१८ र २५–२० को सोझो सेटमा हरायो । अभियान युवा क्लबको आयोजना, जिल्ला भलिबल संघ कास्कीको समन्वय, पोखरा लेखनाथ महानगरपालिकाको विशेष सहयोग तथा मेट्रोसिटी अस्पतालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५५ तथा दोस्रो हुनेले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]