default_image

8 years ago

March 14, 2017

गोकर्ण क्लबमा हुन्डाई ओपन गल्फ शनिबार

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हुन्डाई गाडीको नेपालमा अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीको आयोजनामा हुन्डाई ओपन गल्फ प्रतियोगिता शनिबार आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने भएको हो ।

hyundai-golf-1019

पत्रकार सम्मेलनमा लक्ष्मी इन्टरकन्टिनेन्टलका सिनियर ब्रान्ड म्यानेजर आशिष ओझा (बायाँ) र गोकर्ण गल्फ क्लबका सिनियर निर्देशक दीपक आचार्य ।

सातौं सस्करणको हुन्डाई ओपन १८ होलमा स्टेबल फोल्ड फम्र्याट र ३ र ४ ह्याण्डीक्यापको आधारमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा झन्डै सय एमेच्योर गल्फरको सहभागिता जनाउने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताको मुख्य आकर्षकको रुपमा होल इन वन रहेको छ । होल नम्बर १० मा होल इन वन गर्नेलाई हुन्डाई ग्राण्ड आई टेन गाडी पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै बेस्ट ग्रोस, लेडिज विनर, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन, मोस्ट बर्डिज क्याटेगोरी, सिनियर बिजेता (६० वर्ष माथि) ,जुनियर बिजेता (१७ वर्ष मुनी) र हुन्डाई ओनर्स विजेतालाई पनि पुरस्कार प्रदान गरिनेछ ।

mnemonic-1

विजेताले अघिल्लो सस्करणको भन्दा फरक पुरस्कार पाउने लक्ष्मी इन्टरकन्टिनेन्टलका सिनियर ब्रान्ड म्यानेजर आषिश ओझाले बताए । ओझाले अहिले नै पुरस्कारबारे घोषणा नगरेको र उक्त पुरस्कार खेलाडीको लागि सरप्राइज रहेको बताए ।
गोकर्ण गल्फ क्लबका सिनियर निर्देशक दीपक आचार्यले एमेच्योर यो प्रतियोगिता राम्रो रहेको बताउदै आयोजक इन्टरकन्टिनेन्टललाई धन्यबाद दिए । होल इन वान नेपालीले खेलाडीले पटक पटक गरेको स्मरण गर्दै भने,‘तर, दुर्भाग्य नै भन्नुपर्छ गाडी पुरस्कार राखेका बेला भने अहिले सम्म हुन सकेको छैन । ’

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.