default_image

8 years ago

March 11, 2017

पर्वतमा न्युडायमण्ड र एपिएफ महिला भलिबलको उपाधिका लागि भिड्ने

99 views

0 Bookmark

कुश्मा (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमी र नेपाल एपिएफ क्लब पर्वतमा जारी प्रथम दिदिवहिनी कप महिला राष्ट्रियस्तरको भलिबल प्रतियोगिता उपाधिका लागि भिड्ने भएका छन् । शनिबार एपिएफले अर्को विभागिय टोली नेपाल आर्मी क्लबलाई ३–० ले र न्यू डाइमन्डले नेपाल पुलिस क्ल्बलाई ३–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।

mali
एपिएफले अर्को विभागिय टोली नेपाल आर्मी क्लबलाई ३–० २५–११,२५–१५ र २५–१८ ले हरायो । अर्को खेलमा न्यू डाइमन्डले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट पुलिसले २७–२५ जितेको थियो । त्यसपछि न्यू डायमन्डले लगातार तेस्रो २५–१५ र चौथो २५–२३ ले आफ्नो पक्षमा पार्दै अन्तिम दुईको यात्रा तय गरेको थियो ।

आर्मी र पुलिसबीचको तेस्रो स्थानको दोस्रो सेट चलिरहँदा बर्षाले खेल स्थगित भएको थियो । । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५ तथा विधागत उत्कृष्ट खेलाडीले समान ३ हजार रुपैयाँ पाउनेछन् ।

volleyball

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

Success

Thank you for your time.