8 years ago
March 9, 2017
कुश्मा (हाम्रो खेलकुद) – तीन विभागिय टोली र न्यू डाइमन्ड प्रथम दिदिवहिनी कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलपुगेका छन् । पर्वतको कुस्मामा सञ्चचालित नवौँ पश्चिमाञ्चल महोत्सब अन्र्तगत भएको महिला भलिबलमा बिहीबार लिग चरणपछि समूह ‘ए’बाट नेपाल एपीएफ क्लब विजेता र नेपाल पुलिस क्लब उपविजेता बनेका छन् ।
त्यस्तै समूह ‘बी’ बाट न्यूडायमण्ड विजेता र त्रिभुवन आर्मी क्लब उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । सेमिफाइनमा एपिएफले अर्को विभागिय टोली आर्मी तथा न्युडायमन्डले पुलिसको सामना गर्नेछ । एपिएफ समूहका दुवै खेल जितेर ६ अंकसहित विजेता बनेको हो ।
एपिएफसँग हारेको पुलिसले आयोजक दिदिबहिनी रेडियोमाथि जित हासिल गर्दै अघि बढेको हो । एपीएफसँग २५–४,२५–६ र २५–६ ले पराजित रेडियो दिदिबिहीनीले पुलिससँगको खेल २५–१२,२५–१४र २५–१२ को सोझो सेटमा गुमाएको थियो ।
अर्को समूहमा न्युडायमन्डले पश्चिमाञ्चल क्षेत्रिय भलिबबल संघलाई २५–९,२५–१३ र २५–८ लाई र आर्मीलाई २५–१४,२५–१२ र २५–२१ ले हराएको थियो । आर्मीले पश्चिमाञ्चललाई २४–२६,२५–२०,२५–२२,२३–२५ र १५–११ ले हरायो । सेमिफाइनल र फाइनल शुक्रबार हुनेछ ।
प्रतियोगीताको विजेताले उपाधिसहित १ लाख र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ पाउनेछ । ब्यक्तिगत विधातर्फ स्पाकर,सेटर,डिफेन्स,क्वीकर,ब्लकरले समान ३ तथा सर्बोत्कृष्ट खेलाडीले ५ हजार रुपैया प्राप्त गर्नेछन् ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]