8 years ago
March 5, 2017
काठमाडौँ (हाम्रोखेलकुद)- प्रथम महिला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ। काठमाडौँ स्तिथ दशरथ रंगशालाको कवर्ड हलमा चैत्र २३ र २४ गते आयोजना हुने प्रतियोगिता नेपाल तेक्वान्दो संघ अन्तर्गत महिला शसक्तिकरण समितिले आयोजना गर्ने लागेको हो।
सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूहका १३ स्पर्धामा तथा पुम्सेमा ४ विधामा प्रतिस्पर्धा हुनेछन् । जुनियरमा ४०, ४२ र ४४ तथा सिनियरमा ४६, ४९, ५३, ५७, ६२ र ६७ केजी तौलसमूहमा प्रतिस्पर्धा गराइने आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। पुम्सेमा यु–१५, यु–१९ र प्लस १९ र समूहगततर्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
प्रतियोगितामा ६ राष्ट्रका करिब १ सय ६९ खेलाडीहरुले सहभागिता जनाउने छन् जसमा २० जना महिला निर्णायकहरुले खेल संचालन गर्ने प्रतियोगिता संयोजक नन्दा बस्यालले जानकारी दिईन। प्रतियोतिगामा फाईट र पुम्सेका लागि जम्मा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ। अनुमानित ४५ लाख रुपयाँ खर्च रहेको प्रतियोगिताका लागि विभिन्न संघसस्था, प्रायोजक र शुभ चिन्तकबाट आर्थिक सहयोग जुटाईने आयोजकले जानकारी दिएको छ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]