8 years ago
March 1, 2017
नेपालगन्ज(हाम्रो खेलकुदं)– भारतको रेलवेले प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । रलवेले नेपाल एपएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो बर्ष उपाधि जितेको हो । गत बर्षपनि यी दुई टोली नै फाइनल खेलेका थिए ।
नेपालगञ्ज कर्भडहलमा पहिलो सेटका लागि निकै संघर्ष गरेको रेलवेले त्यसपछिका सेटमा भने सहजै आफ्नो पक्षमा पार्यो । रेलवले २७–२५,२५–१७ र २५–२२ ले फाइनल जितेको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो स्थान प्राप्त गर्यो । पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २५–१८,२०–२५, २५–१५ र २५–२३ ले हराएको थियो ।
रेलवेकी अनुश्री घोष प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, उषा बिष्ट उत्कृष्ट ब्लकर, नबिका चौधरी उत्कृष्ट सर्भर घोषित भइन् । रेलवेकी रिचु म्यारी उत्कृष्ट सेटर, पिरोस्मिता बापरी उत्कृष्ट डिफेन्स घोषित भइन् । उत्कृष्टले जनही २ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता रेलवेले टोलीले उपाधिसहित १ लाख ११ हजार, एपिएफले ५५ हजार र पुलिसले ३५ हजार रुपैयाँ प्राप्त गरे । राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल,सदस्यद्धय बिनोद मैनाली,शान्ति सिंह,नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष यमवहादुर गुरुङ,नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन,मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष भिम ओली,आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीलगायतले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
बाँके जिल्ला भलिबल सघको आयोजनामा सञ्चालित प्रतियोगितामा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरेको थियो भने नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला खेलकुद विकास समिति लगायत संघसंस्थाले साझेदारी गरेका थिए । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग रहेको थियो । लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा २ भारतीयसहित ६ टोलीको सहभागिता थियो ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]