4 weeks ago
April 29, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा हुने प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गते प्रतियोगिता सुरु हुनेछ।
पोखरामा पहिलो पटक इन्डोर हलमा भलिबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा २ विदेशीसहित ६ टोलीको सहभागिता रहनेछ आयोजक लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
विदेशी टोलीको रुपमा भारत, इरानका क्लब तथा नेपालका ३ विभाग र गण्डकी प्रदेशको सहभागिता रहनेछ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर राउन्ड रोबिन लिग खेलाइनेछ ।
दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल बैशाख २२ गते हुनेछ । भारतको टोलीबाहेक सबै टोली पोखरा आइसकेको अर्यालले बताए ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ , दोस्रोले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ, तेस्रो ह टोलीले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछ ।
सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४ सय ४४ र विधागत उत्कृष्टले समान ८ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन्।
May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लबले नवौं पिएम कप एनभिए भलिबल लिगको महिलातर्फ दोस्रो जित हासिल गरेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा जारी प्रतियोगिताको आजको पहिलो खेलमा एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५-१४, २५-७,२५-२० ले पराजित गर्यो। महिला लिगमा समान ९ अंकसहित नेपाल पुलिस क्लब शीर्ष […]
May 26, 2025
एजेन्सी – लाहोर क्वालेन्दरस् क्वेटा ग्लाडियर्सलाई हराउँदै १०औं पाकिस्तान सुपर लिग (पिएसएल) को च्याम्पियन बनेको छ । लाहोरले आइतवार राति भएको फाइनलमा क्वेटालाई ६ विकेटले हरायो । २ सय २ रनको लक्ष्य लाहोरले निर्धारित २० ओभरको १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो । लाहोरको जितमा कुशल परेराले अविजित अर्धशतकीय पारी खेले । […]
May 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराईजर्स हैदराबादले कोलकाता नाइटराइडर्समाथि फराकिलो जित दर्ता गरेको छ । दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा आइतवारको दोस्रो खेलमा हैदराबादले कोलकातालाई १ सय १० रनले हरायो । २ सय ७९ रनको फराकिलो लक्ष्य पछ्याएको कोलकाता १८.४ ओभरमा १ सय ६८ रनमा अल आउट भयो । कोलकाता मनिष पाण्डेले २३ […]