2 weeks ago
April 28, 2025
एजेन्सी – १४ वर्षीय वैभव सूर्यवंशीको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ ।
गुजरातले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य राजस्थानले १६ औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । ओपनर वैभवले मात्र ३५ बलमा शतक पूरा गरेपछि राजस्थानको जित सहज भएको थियो । उनले १२ औं ओभरमा आउट हुनुअघि १ सय १ रन जोडे । ३८ बलको सामना गरेका वैभवले ७ चौका र ११ छक्का प्रहार गरे । उनी आइपिएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने । उनी सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन् ।
अर्का ओपनर यशस्वी जैसवालले नटआउट ७० रन बनाए । उनले ४० बलमा ९ चौका र २ छक्का प्रहार गरे । वैभव र जैसवालले पहिलो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए । नितिश रानाले ४ रन जोड्दा कप्तान रियान पराग ३२ रनमा नटआउट रहे । प्रसिद्ध कृष्णा र राशिद खानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रनको योगफल खडा गर्यो । ओपनर तथा कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५० बलमा ८४ रन जोड्ने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे ।
गिल र साई सुदर्शनले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । ११ औं ओभरमा साइ आउट भएपछि साझेदारी तोडिएको थियो । उनले ३० बलमा ४ चौका र १ छक्का सहित ३९ रन जोडे ।
गिल र बटलरबीच दोस्रो विकेटका लागि ७४ रनको साझेदारी भयो । बटलर २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा नटआउट रहे । वासिंगटन सुन्दरले ८ बलमा १३ रन जोडे । राहुल तेवाटिया ९ रनमा आउट हुँदा शाहरुख खानले नटआउट ५ रन बनाए ।
राजस्थानका महिश थिक्सानाले २ विकेट तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १-१ विकेट लिए ।
यस जितसँगै राजस्थान १० खेलमा ६ अंकसहित नवौं स्थानमा सिमित छ । गुजरात भने ९ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा नै सिमित भएको छ । आइपिएलमा भोली दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको अतिथ्यता गर्नेछ ।
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]