6 days ago
April 24, 2025
सुमन अधिकारी, बुटवल
बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिप २०८२ को सेमिफाइनलको समीकरण पूरा भएको छ ।
समूह चरणका दुई खेल बिहीवार सकिएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।
भारत गुजरातको साग भलिवल एकेडेमी समूह ‘ए’ बाट विजेता, त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै अघि बढेको हो।
समूह ‘बी’ बाट गल्कोट भलिबल क्लब विजेता र गण्डकी प्रदेश भलिबल क्लब उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । आज पहिलो खेलमा साग र दोस्रो खेलमा गल्कोट विजयी भयो ।
सागले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्यो । साग २५–१८, २५–२३ र २५–२२ ले विजयी भयो ।
गल्कोटले पुलिसलाई ३-० ले हरायो ।
गल्कोट २५–२०, २६–२४ र २५–१६ विजयी भयो ।नेपाल पुलिस क्लब आफ्नो अन्तिम खेलमा सोझो सेटमा पराजित भएपछि सेमिफाइनलमा पुग्न असफल भयो ।
शुक्रवार सेमिफाइनलमा साग र गण्डकी तथा गल्कोट र आर्मी भिड्ने छन् ।
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]
April 30, 2025
भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]