default_image

1 week ago

April 23, 2025

भलिबलका मुख्य प्रशिक्षक भट्ट सम्मानित

821 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टलाई आज सम्मान गरिएको छ।

उनलाई पनि २५ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरिएको हो। राखेपको सदस्य सचिव टंकलाल घिसिङ, आयोजक शेरबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले भट्टलाई सम्मान गरेका हुन्।

नेपाली महिला टोलीलाई सफलतामा दिलाएकोमा भूमिकाको कदर गर्दै भट्टलाई सम्मान गरिएको हो। भट्ट नेपालका सर्वाधिक सफल प्रशिक्षक हुन् ।

उनको प्रशिक्षण महिला टोलीले काभा सेन्ट्रल जोनमा दुई पटक स्वर्ण, १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको छ।

सोही अवसरमा नेपाली राष्ट्रिय भलिबल टोलीकी खेलाडी उषा भण्डारी स्पेशल अवार्डबाट सम्मान गरिएको छ।

राखेप सदस्य सचिव घिसिङसँग उषाको तर्फबाट आमा र बुवाले सम्मान ग्रहण गरे। सम्मान सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ। उषा अहिले हङकङमा रहेकी छिन्।

सन् २०१९ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी उषा अहिले राष्ट्रिय टोलीकी महत्वपूर्ण सदस्य हुन्। उनले नेपाल प्रहरीबाट घरेलु भलिबल खेल्ने गरेकी छिन्।

यो अवार्डबाट यसअघि रेश्मा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, समिक्षा घिमिरे, पुनम चन्द र अरूणा शाही यो अवार्डबाट सम्मानित भैसकेका छन्।

आज सुरु भएको प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहेको छ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपिएफ र एभरेष्ट भलिबल क्लब छन्। समुह ‘बी’ मा टिपटप न्यु डायमण्ड युथ क्लब र नेपाल पुलिस क्लब छन्।

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

April 30, 2025

आसाम क्रिकेट क्लब विजयी

विराटनगर (हाम्रो खेलकुद)- मन मोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता भारतको आसाम क्रिकेट क्लब जित हात पार्न सफल भएको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको सहज नतिजामा हरायो। २ सय १० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा १ सय १२ रनमा अल आउट हुन पुग्यो। ब्याटिङमा फितलो प्रदर्शन गरेको […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.