default_image

1 week ago

April 23, 2025

उषा स्पेशल अवार्डबाट सम्मानित

463 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टोलीकी खेलाडी उषा भण्डारी स्पेशल अवार्डबाट सम्मान गरिएको छ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङबाट उषाको तर्फबाट आमा र बुवाले सम्मान ग्रहण गरे। सम्मान सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ। उषा अहिले हङकङमा रहेकी छिन्।

सन् २०१९ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी उषा अहिले राष्ट्रिय टोलीकी महत्वपूर्ण सदस्य हुन्। उनले नेपाल प्रहरीबाट घरेलु भलिबल खेल्ने गरेकी छिन्।

यो अवार्डबाट यसअघि रेश्मा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, समिक्षा घिमिरे, पुनम चन्द र अरूणा शाही यो अवार्डबाट सम्मानित भैसकेका छन्।

उद्घाटन समारोहमा नै नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टलाई पनि सम्मान गरिएको छ। उनलाई पनि २५ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरिएको हो। प्रशिक्षक भट्टले पछिल्लो समय नेपाली महिला टोलीले दिलाएको सफलतामा प्रशिक्षक भट्टको भुमिकाको कदर गर्दै सम्मान गरिएको हो।

शेर बहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामस आज सुरु भएको प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहेको छ।

समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपिएफ र एभरेष्ट भलिबल क्लब छन्। समुह ‘बी’ मा टिपटप न्यु डायमण्ड युथ क्लब र नेपाल पुलिस क्लब छन्।

April 30, 2025

आसाम क्रिकेट क्लब विजयी

विराटनगर (हाम्रो खेलकुद)- मन मोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता भारतको आसाम क्रिकेट क्लब जित हात पार्न सफल भएको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको सहज नतिजामा हरायो। २ सय १० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा १ सय १२ रनमा अल आउट हुन पुग्यो। ब्याटिङमा फितलो प्रदर्शन गरेको […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

April 30, 2025

सुर्खेत जिल्ला फुटबलमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]

Success

Thank you for your time.