default_image

5 days ago

April 15, 2025

गोर्खाली फिफ्टिन्स रग्बीको उपाधि रक्षा गर्न सफल

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लब पाँचौ फिफ्टिन्स रग्बी च्याम्पियनसिपको विजेता बनेको छ।

मंगलवार भएको लिगको अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबलाई ५५-० ले पराजित गर्दै गोर्खाली रग्बीले उपाधि रक्षा गरेको हो। जितसंगै गोर्खालीले लिगको तीनवटै खेल जित्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो।

त्यसैगरी दिनको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई एक संघर्षपूर्ण खेलमा १९-७ ले पराजित गर्दै दोस्रो भयो। गत वर्षको उपविजेता एपिएफ भने तेस्रो स्थानमा सीमित भयो। पुलिसले प्रतियोगितामा अंक बटुल्न सकेन।

प्रतियोगिताका विजेता खेलाडी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी सदस्य कमलबहादुर भट्टराई, नेपाल रग्बी संघका  वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरेले पुरस्कृत गरे।

विजेता गोर्खाली रग्बीले २ लाख २२ हजार २ सय २२ रुपैंया र आर्मीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । गोर्खाली रग्बी क्लबका विजय खड्का प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए र १५ हजार रुपैयाँ प्राप्त गरे।

नेपाल रग्बी संघको आयोजनामा राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको खेलमा ३ विभागिय र गोर्खाली रग्बी गरी चार टोलीको सहभागिता रहेको थियो।

यो प्रतियोगिताबाट दुई महिनापछि नेपाल र बंगलादेश विच काठमाडौंमा हुने फिफ्टिन्स रग्बी श्रृंखलाको लागि खेलाडी छनोट गरिने नेपाल रग्बी संघले जनाएको छ।

April 20, 2025

मुम्बईको सानदार जित

एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ।‌ जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो। ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। […]

April 20, 2025

आर्सनलको सानदार जित

एजेन्सी – लियान्द्रो ट्रोसर्डको २ गोलले आर्सनलले १० खेलाडीमा सिमित इप्सविच टाउनलाई ४–० ले हराएको छ । बेल्जियन फरवार्ड ट्रोसर्डले १४ औं मिनेटमा गोल गरेर अग्रता दिलाए । त्यसपछि गेब्रियल मार्टिनेलीले ३० मिनेटमा दोस्रो गोल थपे। ३२ औं मिनेटमा लाइफ डेभिसले बुकायो साकामाथि ट्याकल गरेपछि रातो कार्ड पाए र इप्स्विच १० खेलाडीमा सिमित भयो। ६९ […]

April 20, 2025

मुम्बईलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ७७ रनको चुनौति दिएको छ। वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्। ओपनर रचिन रविन्द्र ५ […]

Success

Thank you for your time.