default_image

3 weeks ago

April 11, 2025

रविन र निरुता बने एनभीए अवार्डमा उत्कृष्ट खेलाडी

3085 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  नेपाल पुलिस क्लबका रविन चन्द‌ र एपिएफ क्लबकी निरुता ठगुन्नाले पाँचौं एनभिए अवार्ड २०८१ को उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् । दुवैले अवार्डसँगै समान ५० हजार रुपैयाँ प्राप्त गरे।

नेपाल भलिबल संघले शुक्रवार आयोजित गरेको पाँचौं एनभिए अवार्डमा उनीहरु अवार्ड प्रदान गरिएको हो । उदीयमान पुरुष खेलाडीको अवार्ड पुलिस क्लबका पहल गहतराज र महिला तर्फ न्यू डायमन्ड क्लबकी सुमित्रा रेग्मीलाई प्रदान गरिएको छ। दुवैले समान ५० हजार रुपैयाँ पाए ।

यसैगरी एपिएफका महेश चौधरी पुरूष टिमका  र पुलिस क्लबका रुपेश विष्ट महिला टिमका उत्कृष्ट प्रशिक्षक बन्न सफल रहे। उनीहरूले पनि जनही ५० हजार रुपैयाँ प्राप्त गरे। टिम अफ द इयरमा पुरुषतर्फ एपिएफ र महिलातर्फ नेपाल पुलिस क्लबले २-२ लाख रुपैयाँ प्राप्त गरे । त्यस्तै गत वर्ष काभा यू-२० च्याम्पियनसिपमा दोस्रो बन्न सफल पुरुष टोलीलाई ४ लाख ५० हजार रुपैयाँ प्रदान गरियो ।

महिला राष्ट्रिय टोलीको पूर्व कप्तान विनिता बुढाथोकीलाई पनि संघले सम्मान गरेको छ । उनलाई ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । पूर्व खेलाडीलाई पनि संघले यो अवार्डमा सम्मान गर्ने गरेको छ । मेरो खेलकी लक्ष्मी शाक्यलाई ५० हजार रुपैयाँ सहित पत्रकारिता पुरस्कार प्रदान गरियो ।

संघले कार्यक्रममा ५० वर्षपछि जापानबाट नेपाल आएका पूर्व भलिबल प्रशिक्षक हारोउ हैसोलाई पनि सम्मान गर्यो ।

संघले आयोजनामा २०८० को प्रदर्शनको आधारमा खेलाडी, प्रशिक्षक तथा खेल व्यक्तिवहरूलाई सम्मान गरेको हो। संघले छनौट समिति गठन गरेर अवार्ड प्राप्त गर्ने खेलाडीहरू चयन गरेको हो ।

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.