default_image

3 weeks ago

April 9, 2025

उपाधिका लागि धनले निरजको सामना गर्ने

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो वरीयताका निरज तामाङ र आठौं वरीयताका धन बहादुर थापाले सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधिका लागि भिड्ने भएका छन्।

रोयल नेपाल गल्फ क्लबमा आज भएको सेमिफाइनल भिडमा निरजले साविक विजेता दिनेश प्रजापतिलाई १७ औं होलमा ३/२ ले माथ दिंदै फाइनलमा स्थान बनाए ।
त्यसअघि निरजले भेट्रान रामे मगरको चुनौती ३/२ ले पन्छाएका थिए।

लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा रहेका दिनेशले क्वाटरफाइनलमा ११औं वरीयताका अनुभवी तोरण विक्रम शाहीलाई १८ औं होलमा माथ दिए। तर सेमिफाइनलमा निरजसँग भोगेको हारमा तेस्रो स्थानको लागि खेल्नुपर्ने भएको छ।

दोस्रो सेमिफाइनलमा आठौं वरीयताका धन बहादुर थापाले चौथो वरीयताका रवि खड्कालाई ३/२ ले हराउँदै निरजलाई फाइनलमा प्रतिद्वन्द्वी भेट्टाए।

धनले क्वाटरफाइनलमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीलाई स्तब्ध बनाएका थिए। १८ औं होलसम्म खेल बराबरीमा थियो। यसपछि १९ औं होलमा पहिलो वरीयताका भुवनलाई माथ दिंदै धनले सेमिफाइनलको यात्रा तय गरेका थिए।

रविले प्रदीप कुमार लामालाई ३/२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए । रवि र भुवनले भोलि तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।

सिजनको तेस्रो उपाधि जित्ने दाउमा रहेका धरानका प्रो निरज र धनबीच भोलि उपाधिका लागि ३६ होलको प्रतिस्पर्धा हुनेछ।

सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन्।

प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रुपैयाँ छ। उपाधि विजेताले ६०, दोस्रोले ४२ , तेस्रोले ३२ र चौथोले २४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

April 27, 2025

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे

एजेन्सी – डिफेन्डर जुल्स कुन्डेले अतिरिक्त समयमा गरेको सानदार गोलको मदतमा बार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रेको उपाधि जितेको छ । सेभिलमा भएको खेलमा बार्सिलोनाले ३-२ को जित दर्ता गरेको हो । निर्धारित ९० मिनेटको खेल २-२ मा सकिएपछि थप ३० मिनेटको खेल हुँदा कुन्डेले दोस्रो हाफमा गोल गरे । उनले झन्डै २० यार्ड […]

April 27, 2025

कोलकाता र पन्जाबको खेल नतिजा विहीन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) शनिवार वर्षाकोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्सको खेल नतिजाविहिन भएको छ । इडेन गार्डेन्समा टस जितेर पहिलो ब्याटिङ गरेको पञ्जाबले ४ विकेटको २ सय १ रन बनाएको थियो ।‌ जवाफी ब्याटिङ थालेको कोलकाताले एक ओभरमा ७ रन बनाएको अवस्थामा वर्षा सुरु भयो । त्यसपछि खेल हुन नसकेपछि दुवै टोलीले […]

April 27, 2025

इप्स्विच रेलिगेसनमा, न्युक्यासल तेस्रो स्थानमा

एजेन्सी – इप्स्विच टाउनको प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ। १० खेलाडीमा सिमित भएको न्युक्यासल युनाइटेडसँग शनिवार ३-० ले पराजित भएसँगै इप्स्विच यो बाट रेलिगेसनमा परेको हो। बेन जोनसनले पहिलो हाफमै दुई पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । न्युक्यासलले त्यसको फाइदा उठायो । अलेक्जेन्डर इसाकले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। त्यसपछि […]

Success

Thank you for your time.