2 weeks ago
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता दोस्रो दिन मंगलवार टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब विजयी भएको छ।
बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा भएको मंगलवारको खेलमा समूह खमा न्यु डायमण्डले धुलिखेल नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमण्ड समूह विजेता र धुलिखेल उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगेका छन्।
अर्को खेलमा बनेपा नगरपालिकाले पनौती नगरपालिकालाई ३-१ ले पराजित गर्यो । लगातार दुई हारमा पनौती प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो दिन पनौतीलाई हराएको प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले बनेपालाई ३-०ले हराएको छ। समूह घबाट प्रोफेसनल विजेता र बनेपा उपविजेताका रुपमा अन्तिम आठमा पुगेका छन् ।
समूह गमा बुढानिलकण्ठ भलिबल क्लबले बनेपा ९ लाई ३-० ले हराएको छ। बुढानिलकण्ठ विजेता र बनेपा ९ उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगे ।
पहिलो दिन समूह कबाट ललितपुर उपमहानगरपालिका विजेता र महाभारत गाउँपालिका उपविजेताका रुपमा अन्तिम आठमा पुगेका थिए।
बनेपा नगरपालिकाको आयोजना भएको प्रतियोगिताको व्यवस्थापनको बनेपा भलिबल प्रशिक्षण केन्द्रले गरेको छ। काभ्रे जिल्ला भलिबल संघको सहकार्यमा भएको प्रतियोगितामा ९ वटा टोलीले भाग लिएका छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख, दोस्रो ५० हजार, तेश्रोले २५ हजार र चौथोले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । चैत ३० गते सम्म चल्ने प्रतियोगितामा बुधवार क्वाटरफाइनलमा खेल हुनेछन् ।
April 24, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ। जितको लागि २ सय ६ रनको चुनौति राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रनमा अल आउट भयो। ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ५२ रनको साझेदारी गरे। वैभव १६ रनमा आउट भए। […]
April 24, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिप २०८२ को सेमिफाइनलको समीकरण पूरा भएको छ । समूह चरणका दुई खेल बिहीवार सकिएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । भारत गुजरातको साग भलिवल एकेडेमी समूह ‘ए’ बाट विजेता, त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै अघि बढेको हो। समूह ‘बी’ बाट गल्कोट भलिबल क्लब […]
April 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले राजस्थान रोयल्सलाई जितको लागि २ सय ६ रनको चुनौति दिएको छ। राजस्थानले टस जित्दै आरसिबीलाई पहिले ब्याटिङको लागि उतार्यो। आरसिबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो। ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटको लागि ६१ रनको साझेदारी […]