2 weeks ago
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक प्रो भुवन नगरकोटी सूर्य नेपाल एनपिजिए म्याच-प्लेको क्वाटरफाइनलमा प्रवेश गरका छन्।
रोयल नेपाल गल्फ क्लबमा मंगलवार भुवनले १६ औं वरियताका पशुपति शर्माको चनौतीलाई सहजै पार गरे। उनले ५/४ ले खेल जिते।
चार होल अगाडि जित निकालेका भुवनले क्वाटरफाइनलमा धन बहादुर थापासँग खेल्नेछन्। यो सिजन भुवन उपाधि विहिन छन्। उनलाई सिजनको पहिलो उपाधि जित्ने दबाब पनि रहेको छ।
आठौं वरियताका धनलाई नवौं वरियताका भुवन कुमार रोक्काले कडा चुनौती दिए। १७ औं होल सम्म खेल बराबरीमा थियो। १८ औं होल जित्दै धनले बाजी मारे।
यो सिजन उच्च लयमा रहेका दोस्रो वरियताका प्रो निरज तामाङले १५ औं वरियताका सूर्य प्रसाद शर्मालाई कुनै पनि मौका दिएनन्। चार होल अगावै खेल ५/४ ले आफ्नो पक्षमा पारे।
निरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन्। निरजले भोलि सातौं वरियताका भेट्रान रामे मगरसँग प्रतिस्पर्धा गर्नेछन्। रामेले १० औं वरियताका दीपक मगरलाई ४/३ ले हराए। भाईसँग पराजित दीपक पहिलो चरणबाट बाहिरिए।
डिफेन्डिङ च्याम्पियन तथा तेस्रो वरियताका दिनेश प्रजापति सहज जितका साथ क्वाटरफाइनलमा पुगे। उनले १४ औं वरियताका रमेश अधिकारीलाई ४/३ ले माथ दिए। उनले अब अनुभवी तोरण विक्रम शाहीको सामना गर्नेछन्।
सूर्य नेपाल टुर च्याम्पियनसिपका विजेता तथा ११औं वरियताका तोरणले छैटौं वरियताका जयराम श्रेष्ठलाई ३/२ को हार चखाए।
अर्को खेलमा चौथो वरियताका रवि खड्काले १३ औं वरियताका टंक बहादुर कार्कीलाई ३/२ को नतिजमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए।
रविले भोलि १२औं वरियताका प्रदीप कुमार लामासँग खेल्नेछन्। प्रदीपले पाँचौ वरियताका सञ्जय लामा विरूद्ध २/१ को अप्रत्याशित नतिजा निकाले।
सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन्।
प्रतियोगिताको पुरस्कार राशी २ लाख ५० हजार रुपैयाँ रहेको छ। उपाधि विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन।
भोलि क्वाटरफाइनल र सेमिफाइनल खेल १८/१८ होलको हुनेछ। फाइनल र तेस्रो स्थानको लागि बिहिवार प्रतिस्पर्धा हुनेछ। फाइनल ३६ होलको हुनेछ।
April 19, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाँचौं जित हात पारेको छ। राजस्थान रोयल्सलाई रोमाञ्चक शैलीमा २ रनले हराउँदै लखनउले १० अंक बनाएको छ। जितको लागि १ सय ८१ रनको लक्ष्य पछाएको राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रनमा रोकियो। राजस्थान जितको नजिक पुगेर पनि साँघुरो अन्तरको हार बेहोर्न […]
April 19, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अर्को सिजनका लागि छनोट हुने आशालाई बलियो बनाएको छ । सिटीले शनिवार एभर्टनलाई २-० ले हरायो । गुडिसन पार्कमा अन्तिम पटक खेल्न पुगेको सिटीले गोलका लागि अन्त्यतिर सम्म संघर्ष गर्यो।८४औं मिनेट निको ओ’रिलीले नजिकबाट गोल गरे । एभर्टनको डिफेन्सले लामो समयसम्म सिटीलाई निराश बनाएको थियो। पहिलो गोलपछि अर्को […]
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीले शनिवार धनगढी एफसीविरुद्ध पाएको रातो कार्डको आयोजकसँग अपिल गर्ने भएको छ । खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल […]