default_image

3 days ago

April 7, 2025

सूर्य नेपाल एनपिजिए म्याच प्ले हुँदै

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा भोलि सुरु हुँदैछ। सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको आठ मध्ये यो अलग फरम्याटको प्रतियोगिता हो।

म्याच प्लेमा गत सिजनको अर्डर अफ मेरिटमा पहिलो देखि १६ औं वरियताका खेलाडीले प्रतिस्पर्धा गर्न पाउँछन्। पहिलो दिन पहिलो चरणमा ८ जोडीले एक अर्कासँग क्वाटर फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीको सामना १६ औं वरियताका पशुपति शर्माले गर्नेछन्। यो सिजन उपाधि जित्न नसकेका भुवनलाई उत्कृष्ट प्रदर्शन गर्ने चुनौती रहनेछ।

यो सिजन फर्ममा रहेका नेपाल नम्बर २ गल्फर निरज तामाङले १५ औं वरियताका सूर्य प्रसाद शर्मासँग क्वाटर फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन्।

तेस्रो वरियताका दिनेश प्रजापतिलाई १४ औं वरियताका रमेश अधिकारीले चुनौती दिनेछन्। चौथो वरियताका रवि खड्का र १३ औं वरियताका टंक बहादुर कार्कीबीच अर्को खेल हुनेछ।

यस्तै १२ औं वरियताका प्रदीप कुमार लामाले ५ औं वरियताका सञ्जय लामासँग खेल्नेछन्। छैटौं वरियताका जयराम श्रेष्ठ र ११ औ वरियताका तोरण विक्रम शाही, सातौं वरियताका रामे मगरले १० औं वरियताका दीपक मगर, तथा आठौं वरियताका धन बहादुर थापाले नवौं वरियताका भुवन कुमार रोक्कासँग खेल्ने तालिका रहेको छ।

पहिलो चरणका विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको लागि १८ होलको प्रतिस्पर्धा हुनेछ। फाइनल ३६ होलको हुनेछ।

क्वाटरफाइनल र सेमिफाइनल बुधवार तथा फाइनल र तेस्रो स्थानको लागि बिहीवार प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको कुल २ लाख ५० हजार रुपैयाँ पुरस्कार रहेको छ। सहभागी सबै १६ प्रोले नगद पुरस्कार प्राप्त गर्नेछन्।

विताले ६० हजार र दोस्रोले ४२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी तेस्रोले ३२, चौथो २४ हजार रुपैयाँ पाउनेछन्।

क्वाटरफाइनलमा पराजित हुने ४ खेलाडीले ११ हजार र पहिलो चरणबाट बाहिरिने ८ खेलाडीले समान ६ हजार रुपैयाँ हात पार्नेछन्।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌। के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]

April 10, 2025

आरसिबीको दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]

Success

Thank you for your time.