4 days ago
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
अप्रिल ११ देखि १३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४८ केजीमुनि लालप्रसाद उप्रेती तथा ५१ केजीमुनि चन्द्रबहादुर थापाले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ४८ केजीमुनि रमिशा श्रेष्ठ, ५० केजीमुनि अस्मिता दुवाल र ५४ केजीमुनि वर्षा श्रेष्ठले खेल्ने छन् ।
अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र दीपक महर्जन, आईटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा रहेका छन् ।
बक्समान्डुबाट पनि ३ खेलाडी
सोही प्रतियोगितामा चुच्चेपाटीस्थित बक्समान्डु बक्सिङ जिमले पनि ३ खेलाडी सहभागी गराउने भएको छ । बक्सिङका महासचिव मानबहादुर भण्डारीले महासंघकै स्वीकृतिमा बक्समान्डुले खेलाडी सहभागी गराउन लागेको जानकारी दिए ।
पुरुष ५१ केजीमुनि लक्ष्मण राई, ५७ केजीमुनि प्रवल उप्रेती र ६० केजीमुनि छिरिङ वाङ्दी शेर्पाले सहभागिता जनाउने छन् । प्रशिक्षकमा उमेश कटुवाल र सन्दीप श्रेष्ठ छन् ।
बक्समान्डु टोली पनि सोमबारै भुटान प्रस्थान गरेको छ । दुवै टोली प्रतियोगिताअघि थिम्पुमै अप्रिल ८ देखि १० तारिखसम्म हुने प्रशिक्षण शिवीरमा सहभागी हुने छन् ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]