default_image

7 days ago

April 6, 2025

आइएम लहिरीको विशेष प्रशिक्षण

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले कमनवेल्थ चेस च्याम्पियनसिप (सन् १९९९) को उपाधि विजेता आईएम (इन्टरनेसनल मास्टर) अतनु लहिरीलाई ल्याएर आइतबारदेखि विशेष प्रशिक्षण थालेको छ ।

एकेडेमीले इन्टरमिडियट तहका विद्यार्थीका निम्ति ‘मास्टरक्लास विथ आईएम लहिरी’ सञ्चालनमा ल्याएको हो भने प्रशिक्षकका निम्ति टीओटी (ट्रेनिङ फर ट्रेनर्स) सुरु गरेको हो ।

मास्टरक्लासमा ओपनिङ, मिड गेम स्ट्रटिजी, इन्ड गेमलगायतमा प्रशिक्षण दिइने बताइएको छ । एकेडेमीको काठमाडौं महानगरपालिका ११, थापाथालीस्थित आफ्नै चेस हलमा सञ्चालित विशेष प्रशिक्षण एक साता चल्नेछ ।

‘नेपालमा व्यवस्थित तवरले सैद्धान्तिक रुपमा चेसको प्रशिक्षण गर्न गराउन कठिन छ, त्यसैले अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त फिडे ट्रेनर लहिरीलाई काठमाडौं ल्याएका हौं,’ हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘वल्र्ड च्याम्पियन गुकेशसहित रमेशबाबु प्रागानन्द, सूर्यशेखर गांगुली, सन्दीपन चन्दलगायत थुप्रै जीएम (ग्रान्डमास्टर) लाई प्रशिक्षण दिइसकेका उहाँ वल्र्डक्लास कोच हुनुहुन्छ । हाम्रा खेलाडीलाई वल्र्ड लेवलको प्रशिक्षण दिनकासाथै हाम्रा प्रशिक्षकको स्तरबृद्धिका निम्ति उहाँलाई ल्याएका हौं । उहाँले आगमनले पक्कैपनि नेपाली चेसको स्तरबृद्धिमा योगदान पुग्नेछ ।’

करिअरको उच्च लयमा फिडे रेटिङ २४५० पुगेका लहिरीले झण्डै तीन दशकको कोचिङ करिअरमा नेपालसहित, भुटान, गुयना, थाइल्यान्ड, मंगोलिया र भारतका राष्ट्रिय टिम सम्हालिसकेका छन् ।

यसअघि उनले सन् २००५ मा नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिएका थिए । कोलकाताका ५३ वर्षीय उनले इलामको रामप्रसाद गौतम स्मृतिलगायत नेपालमा आयोजित चार वटा प्रतियोगिताको उपाधि पनि जितेका छन् ।

April 13, 2025

श्री कुमारीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको श्री कुमारी क्लबले नयाँबस्ती युथ क्लबलाई २-० ले हराएको छ। श्री कुमारीको यो लगातार दोस्रो जित हो। एन्फा कम्प्लेक्समा आज भएको खेलको १४ औं मिनेटमा सुजन रानाको गोलमा श्री कुमारीले अग्रता बनायो। पहिलो हाफ १-० को नतिजामा सकियो। नयाँबस्ती दोस्रो हाफमा पनि खेलमा फर्कन […]

April 13, 2025

अफगानिस्तानको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- अफगानिस्तानले आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा आज सानदार सुरुवात गरेको छ। अफगानिस्तानले ओमानलाई ८ विकेटको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुवात गर्यो। मुलपानीको‌ माथिल्लो मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोज्यो। निराशाजनक ब्याटिङ गर्दा ओमान ३६.२ओभर मा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९० रनमा समेटियो।ओमानका प्रथिश हेमा रमेशले सबैभन्दा बढी १७ रन बनाए। जित […]

April 13, 2025

राजस्थानविरुद्ध आरसिबीले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्ससँगक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले टस जितेको छ। आरसिबीले टस जितेर फिल्डिङ रोजेको छ।जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने जारी आइपिएलको २८ औं खेल हो। राजस्थानले सुरुवाती २ खेल हारेको थियो। त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार २ जित निकाल्दै लयमा फर्केको […]

Success

Thank you for your time.