1 week ago
April 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को महिना आयोजना हुनेछ।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आइतवार पत्रकार सम्मेलन गर्दै ६ टोलीको सहभागितामा २०८२ वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुने जानकारी दिएको छ।
प्रतियोगितालाई विगतमा जस्तै केएनपी निरोलेकले मुख्य प्रायोजन गरेको छ । प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी निरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरे।
प्रतियोगितामा साविक एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबको सहभागिता निश्चित भइसकेको बताइएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लबको पनि सहभागिता रहने विश्वास रहेको प्रतिष्ठानको अध्यक्ष रन्जन खड्काले बताए ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीले ४ लाख ९९ हजार , दोस्रोले २ लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँप्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिवेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँप्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय महिला खेलाडीले ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ।
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको श्री कुमारी क्लबले नयाँबस्ती युथ क्लबलाई २-० ले हराएको छ। श्री कुमारीको यो लगातार दोस्रो जित हो। एन्फा कम्प्लेक्समा आज भएको खेलको १४ औं मिनेटमा सुजन रानाको गोलमा श्री कुमारीले अग्रता बनायो। पहिलो हाफ १-० को नतिजामा सकियो। नयाँबस्ती दोस्रो हाफमा पनि खेलमा फर्कन […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अफगानिस्तानले आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा आज सानदार सुरुवात गरेको छ। अफगानिस्तानले ओमानलाई ८ विकेटको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुवात गर्यो। मुलपानीको माथिल्लो मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोज्यो। निराशाजनक ब्याटिङ गर्दा ओमान ३६.२ओभर मा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९० रनमा समेटियो।ओमानका प्रथिश हेमा रमेशले सबैभन्दा बढी १७ रन बनाए। जित […]
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्ससँगक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले टस जितेको छ। आरसिबीले टस जितेर फिल्डिङ रोजेको छ।जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने जारी आइपिएलको २८ औं खेल हो। राजस्थानले सुरुवाती २ खेल हारेको थियो। त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार २ जित निकाल्दै लयमा फर्केको […]