default_image

2 days ago

March 24, 2025

जर्मनी पहिलो पटक सेमिफाइनलमा

488 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो।

चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

पाहुना टोलीका लागि मोइसे कीनले २ तथा ज्याकोमो रास्पाडोरीले १ गोल गरे । घरेलु टोली जर्मनीका लागि भने जोसुवा किमिच, जमाल मुसियाला र टिम क्लाइन्डिन्स्टले समान १ गोल गरे ।

जोसुवा किमिचको उत्कृष्ट प्रदर्शनले पहिलो हाफमै जर्मनीलाई खेलमा ३–० को सहज अग्रता बनायो । उनले पेनाल्टीमार्फत १ गोल गरे भने जमाल मुसियाला र टिम क्लाइन्डिन्स्ट गोलमा असिस्ट गरे।

किमिचले ३०औं, मुसियालाले ३६औं र क्लाइन्डिन्स्टले ४५औं मिनेटमा गोल गरे । इटालीले दोस्रो हाफमा पुनरागमन गर्दै मोइसे कीनको दुई गोलमार्फत घरेलु टोलीलाई दबाबमा राख्यो । कीनले खेलको ४९औं र ६९औं मिनेटमा गोल गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा रास्पाडोरीले पेनाल्टीमार्फत गोल गरेपछि इटालीको आशा जगेको थियो । फाइनल प्रवेशका लागि जर्मनीले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन् ।

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.