8 years ago
February 26, 2017
नेपालगंज (हाम्रो खेलकुद) – साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपिएफ चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
प्रतियोगिताको दोस्रो दिन भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई सोझो सेटमा २५–८, २५–३, २५– ७ ले हरायो । यसैगरी आइतबार भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतीय टोली बर्षात एशोसियसनलाई सोझो सेटमा २५–१७, २५–१९, २५– १७ ले हरायो । बर्षातले लगातार दुइ खेलमा हारको सामना गरेपछि एक–एक खेल जितेका आर्मी र एपीएफ समूूह बीबाट सेमिफाइनलमा प्रबेश गरेका छन् । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको आर्मीले समूह बिजेता बन्न एपीएफसग लिगको अन्तिम खेल खेल्ने छ ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिनेछ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]