default_image

1 week ago

March 21, 2025

कोभेन्ट्री आइओसी अध्यक्षमा निर्वाचित हुने पहिलो महिला

149 views

0 Bookmark

एजेन्सी – ज़िम्बाब्वेकी पूर्व पौडीबाज तथा ओलम्पियन कर्स्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को पहिलो महिला अध्यक्ष निर्वाचित भएकी छन्।

अफ्रिकी मुलको पहिलो अध्यक्ष निर्वाचित हुने क्रममा उनले बेलायतका लर्ड को सहित ६ जना पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै यो ऐतिहासिक जित हासिल गरेकी हुन्।

४१ वर्षीया कोभेन्ट्रीले बिहीवार भएको निर्वाचनको पहिलो चरणमै ९७ मतमध्ये ४९ मत प्राप्त गर्दै स्पष्ट बहुमत हासिल गरिन्।

विश्व एथलेटिक्सका अध्यक्ष लर्ड कोले मात्र ८ मत प्राप्त गरे । जुआन एन्टोनियो सामाराञ्च जुनियरले २८ मत पाए। फ्रान्सका डेविड लापार्टिएन र जापानका मोरिनारी वतानाबेले समान ४ मत मात्र प्राप्त गर्दा जोर्डनका प्रिन्स फेइसल अल हुसेन र स्विडेनका जोहान एलियासचले समान मत पाए।

ज़िम्बाब्वेको खेल मन्त्रीसमेत रहेकी कोभेन्ट्री हालसम्म आइओसी अध्यक्ष हुनेमध्ये सबैभन्दा कान्छी हुन्। ४१ वर्षको उमेरमा उनी अध्यक्ष बनिन्। उनले २३ जुनमा थोमस बाचलाई प्रतिस्थापन गर्नेछिन्। जसले सन् २०१३ देखि आइओसीको नेतृत्व सम्हाल्दै आएका थिए।

कोभेन्ट्री खेलकुदको सर्वोच्च पद सम्हाल्ने दशौं व्यक्ति बनेकी छन् र उनको कार्यालय कम्तीमा आगामी ८ वर्षको हुनेछ।

उनको अध्यक्षतामा आयोजना हुने पहिलो ओलम्पिक मिलान–कोर्टिना शीतकालीन खेल २०२६ हुनेछ। निर्वाचित भएपछि कोभेन्ट्रीले भनिन्, ‘यो एक शक्तिशाली संकेत हो। हामी साँच्चिकै विश्वव्यापी संगठन बनेका छौं।’

कोभेन्ट्रीले आईओसीलाई आधुनिकीकरण गर्ने, दिगोपनलाई प्रवर्द्धन गर्ने, प्रविधिलाई आत्मसात गर्दै खेलाडीहरूलाई सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन्। साथै उनले महिला खेल सुरक्षामा विशेष ध्यान दिने भन्दै ट्रान्सजेंडर महिलाहरूलाई ओलम्पिक खेलमा सहभागी गराउन नदिने प्रतिबन्धको पक्षमा आफू रहेको स्पष्ट पारेकी छन्।

आइओसी कार्यकारी बोर्ड सदस्यसमेत रहेकी कोभेन्ट्री
संस्था भित्रैबाट अघि बढेकी हुन्। पूर्व अध्यक्ष थोमसको प्रमुख रोजाइका रुपमा हेरिएकी कोभेन्ट्रीले आफ्नो शान्त चुनावी अभियानपछि सहज जित हात पारिन्। जुन थोमसको प्रभावको संकेतका रुपमा पनि हेरिएको छ। उनी आईओसीको नेतृत्व गर्ने १०औं व्यक्ति बनेकी छिन्।

कोभेन्ट्रीले आगामी जुनमा औपचारिक रूपमा पदभार ग्रहण गर्नेछिन्। जुन ओलम्पिक आन्दोलनका लागि संवेदनशील समय हुने आँकलन गरिएको छ। उनको नेतृत्वमा संस्थाले बहुपक्षीय कूटनीतिक तनाव, रसियाको सम्भावित पुनः समावेशीकरण र २०२८ को लस एन्जलस ओलम्पिकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संभावित हस्तक्षेप जस्ता चुनौतीहरूको सामना गर्नुपर्न देखिएको छ।

ओलम्पिकमा ज़िम्बाब्वेले अहिलेसम्म जितेका ८ मध्ये ७ पदक कोभेन्ट्रीकै नाममा छ। जसमा २००४ र २००८ ओलम्पिकमा जितेका २०० मिटर ब्याकस्ट्रोक स्वर्णपदक पनि रहेको छ।

कोभेन्ट्रीको यो सफलता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको नेतृत्वमा ऐतिहासिक परिवर्तन पनि हो।‌

March 28, 2025

ललितपुर सिटीको पासवर्ड बाईमा एनसेल

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिएको छ । एनसेल र ललितपुरबीच बिहीवार सम्झौता भएको छ । साविक विजेता ललितपुरले एनसेल नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको‌ उद्घाटन खेलमा शनिवार पूर्व विजेता काठमाडौं रेजर्सको सामना गर्नेछ। ‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको […]

March 28, 2025

आइपिएलमा चेन्नई र बेंगलुरु खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबिच खेल हुँदैछ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ।हुदैछ । दुवै टोलीले जितबाट आइपिएलको सुरुवात गरेका थिए। बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई त चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो थियो । सन् […]

March 28, 2025

बार्सिलोनाको सहज जित

एजेन्सी – बार्सिलोनाले ओसासुनालाई बिहीवार ३-० हराएपछि स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको छ। रोबर्ट लेवान्डोव्स्की र राफिन्हालाई विश्राम दिएपनि क्याटलान क्लबले फेरान टोरेसको र डानी ओल्मोको पेनाल्टी गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका लेवान्डोव्स्कीले ७७औं मिनेटमा हेडरमार्फत तेस्रो गोल […]

Success

Thank you for your time.