1 day ago
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् ।
काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्।
त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला च्याम्पियन्स लिग आयोजनाको जिम्मेवारी पाएको छ ।
काभा महिला नेसन्स लिग २०८२ असोज २५ देखि ३१ गते (अक्टोबर ११ देखि १७ ) सम्म सन्चालन हुनेछ । यस्तै, काभा महिला च्याम्पियन्स लिग २०८२ मंसिर १५ देखि २१ गते (डिसेम्बर १ देखि ७ ) सम्म आयोजना हुनेछ ।
यसअघि नेपालले यो वर्ष महिला नेसन्स लिग र पुरुष क्लब च्याम्पियनसिप आयोजना गरेको थियो ।
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]