2 months ago
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय प्रतियोगिताका उप विजेता पुरुषोत्तम सिलवालले श्रीलंका भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल जितेका छन्।
आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मा ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ।
वर्ल्ड चेस फेडेरेशन (फिडे) र एसियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेसनको आयोजनामा भएको एसियन जोनल ३.२ चेस प्रतियोगिता नेपालीले मध्यम स्तरको खेल पस्केका छन्।
आयोजक श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडी बिच भएको प्रतिस्पर्धा आज सकिएको हो।
२५ औं नेपाल च्याम्पियन रुपेश जैसवाल र १० औं महिला नेपाल च्याम्पियनको सिन्दिरा जोशीलाई बुद्धिचाल महासंघले सहभागी गराएका थियो ।
मास्टर रुपेशले ५ अंक जोडे । सिन्दिराले कमजोर खेल खेल्दै ३.५ मात्र जोडेकी छिन्।
बंगलादेशका २४३१ रेटेड अन्तर्राष्ट्रिय मास्टर आईएम मनुन रेजा नीरले ७ अंकसहित उपाधि जिते। महिला विधा तर्फ बंगलादेशका २०९७ रेटेड अहमेद वादिफाले ७ अंक प्रोग्रेसिभ ४६ प्वाइन्टसहित उपाधि जितिन्।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]