18 hours ago
March 17, 2025
हिमाल खरेल, बिर्तामोड
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन भएका छन् ।
सुनसरीको खनारमा आज भएको एक भेलाले झापा भद्रपुरका व्यवसायी तथा उद्यागी पराजुलीको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा झापा बिर्तामोडका राम दाहाल, उपाध्यक्षमा सुनसरीकी रुपा तामाङ, उदयपुरका मनोज कटुवाल, मोरङका नविनविक्रम शाह र धनकुटाका रुपेश श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, महासचिवमा झापा बिर्तामोडका सन्तोष उप्रेती, सचिवमा मोरङका दिपककुमार तिम्सिना, कोषाध्यक्षमा सुनसरीका रण थेवे लिम्बू, सहकोषाध्यक्षमा मोरङका कृष्ण दाहाल चयन भएका छन् ।
सदस्यहरुमा मोरङका उमेश कार्की र गणेश नेपाली, सुनसरीका सुयोग पाख्रिन र ममता प्रसाईं तथा उदयपुरका दिना चौधरी चयन भएका छन् । अध्यक्षले अन्य ४ जना सदस्य मनोनित गर्न पाउने विधानमा व्यवस्था रहेको बताइएको छ ।
महासंघका केन्द्रीय सदस्य प्रज्ज्वल राईको अध्यक्षतामा भएको भेलाले कोशी प्रदेश समिति गठन गरेको हो । यसअघि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरमा जिल्ला समिति गठन भइसकेको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]