default_image

2 months ago

March 17, 2025

बाह्रखरी गल्फ यसै महिना

526 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यो वर्ष काठमाडौंमा हुने भएको छ ।

काठमाडौंमा सोमवार पत्रकार सम्मलेन गर्दै बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगिता यही चैत २३ (अप्रिल ५)मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुनेछ ।
एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणका रूपमा रहेको यस प्रतियोगितामा यस वर्ष करिब १ सय २० जना कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ।

प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा हुनेछ।
प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनेछन् ।

यसैगरी, प्रतियोगितामा काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

कर्पोरेट क्षेत्रका खेलाडीबीच हुने प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको यसका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा बिवाईडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।

बाह्रखरी गल्फको मुख्य प्रायोजक एनसेल फर बिजनेसका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले बाह्रखरीसँगको सहकार्यलाई निरन्तरता दिएकोप्रति खुसी व्यक्त गरे ।

यस्तै, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरीले गल्फमार्फत खेल पयर्टनलाई पनि प्रवर्धन गर्ने प्रयास गरेको बताए । उनले यसमा सरकारले पनि गल्फमार्फत पयर्टन प्रवर्धन गर्न आवश्यक कदम चाल्नुपर्ने बताए ।

साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बाह्रखरीले गल्फ खेल र अर्थतन्त्रलाई जोडेको बताइन् ।
नेपाल डिस्टिलरिज प्रालिकी मार्केटिङ हेड सुदीक्षा अधिकारीले गल्फ र खुकुरी रम स्वभावले मेल खाने जनाउँदै बाह्रखरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन् ।

गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले नेपालमा थुप्रै प्रतियोगिता हुने भए पनि बाह्रखरी गल्फले खेलाडीहरूमा छुट्टै उत्साह थप्ने बताए ।

‘नेपालमा गल्फका धेरै प्रतियोगिता हुन्छन् । तर, पनि बाह्रखरी गल्फ हुँदै गर्दा खेलाडीहरूमा म यस प्रतियोगितामा छुट्छु कि भन्ने पर्न जान्छ । खेलाडीहरू यस प्रतियोगितामा सहभागिता हुन उत्सुक रहन्छन् । यसले पनि यस प्रतियोगिताको स्तर प्रस्ट हुन्छ । विकसित राष्ट्रहरूले पयर्टन बढाउन गल्फमा विशेष ध्यान दिइरहेको पाइन्छ,’आचार्यले भने ।

यसैगरी, बाह्रखरी मिडिया प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधानले गल्फमा अन्तर्राष्ट्रिय खेलाडी आफ्नै खर्चले प्रतियोगितामा सहभागी हुने बताए । उनीहरू प्रतियोगितामा सहभागी भएर फर्कने बताए ।

पत्रकार सम्मेलनमा आर्थिक परिसंवाद खेलसँग पनि जोड्नुपर्ने आवाज उठेको थियो । जवाफमा प्रधानसम्पादक प्रधानले आर्थिक क्षेत्रमा समस्या निम्तिने र यही क्षेत्रका समस्यालाई जनमानससम्म पु¥याउनुपर्ने भएकाले आर्थिक संवादलाई नै जोड दिएको बताए । आगामी दिनमा छुट्टै खेलसँग सम्बन्धित भएर पनि यस्ता संवाद गर्न सकिने प्रधानसम्पादक प्रधानको भनाई‌ थियो।

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.