default_image

18 hours ago

March 17, 2025

प्लानिङ ब्वाइजको लगातार जित

559 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबलाई ४-० को हार चखाउँदै प्लानिङ ब्वाइज क्लबले लगातार दोस्रो जित हात पारेको छ।

एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सानदार प्रदर्शन गर्यो ।

५५ औं मिनेटमा सुजन डंगोलले गोलको खाता खोले । गोलरक्षक रोशन नेपालले बल समाउन नसकेपछि सुजनले खाली पोस्टमा सहजै गोल गरे । ६० औं‌‌ मिनेटमा फागु राम थारुले गोल गर्दै अग्रता दोब्बर पारे ।

एकपक्षीय बनेको दोस्रो हाफको ७७ औं मिनेटमा अभिनाष थापाले तेस्रो गोल गरे । त्यसपछि फागु रामले ८३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

दोस्रो खेलमा पहिलो जित निकालेको प्लानिङ ब्वाइजको ६ अंक भएको छ । च्यासलसँग मात्र १ अंक रहेको छ। पहिलो खेलमा च्यासलले बराबरी नतिजा निकालेको थियो।

  • प्लानिङ ब्वाइजको जित हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।-सम्पादक

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

कोशी अध्यक्षमा झापाका पराजुली

हिमाल खरेल, बिर्तामोड नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन भएका छन् । सुनसरीको खनारमा आज भएको एक भेलाले झापा भद्रपुरका व्यवसायी तथा उद्यागी पराजुलीको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा झापा बिर्तामोडका राम दाहाल, उपाध्यक्षमा सुनसरीकी रुपा तामाङ, उदयपुरका मनोज कटुवाल, मोरङका नविनविक्रम शाह […]

Success

Thank you for your time.