default_image

6 hours ago

March 17, 2025

१७ औं धर्मश्री यसै साता

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल व्यायाम मन्दिरको आयोजनामा यसै साता हुने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता सबै तयारी पूरा भएको छ।

धर्मश्री सँगै अन्य तीन विधाको प्रतिस्पर्धा चैत ७ देखि ९ गतेसम्म हुने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो।

चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।

प्रतियोगिताको मुख्य विधा अर्थात पुरुष बडिबिल्डिङको रुपमा रहेको धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कूल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
त्यसपछि हरेक तौल समूहको विजेताबीच ओभअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा गराइनेछ ।

धर्मश्रीसँगै पुरुष एथ्लेटिक फिजिक ओभर र मेन्स एथ्लेटिक्स फिजिक अन्डर, वुमन्स बडिलिब्डिङ र ५० वर्षभन्दा माथिका खुल्ला मास्टर विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगतिमा करिब ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यो संस्करणमा पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ ।

ओभरअल धर्मश्री विजेताले १२ लाख प्राप्त गर्नेछन् । गत संस्करणभन्दा यो २ लाखले बढी हो । यस्तै दोस्रो हुनेले ६ लाख तथा तेस्रोले ३ लाख पाउनेछन् ।

चौथोले २ लाख, पाँचौले १ लाख ८० हजार तथा छैटौंले १ लाख ५० हजार प्राप्त गर्नेछन् । यसैगरी प्रत्येक तौल समूहका उपविजेताले ५० हजार र तेस्रो हुनेले ४० हजार पाउनेछन् भने चौथोले ३० हजार, पाँचौले २० हजार र छैटौंले १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वुमन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख पाउनेछन् । तेस्रोले ७० हजार चौथोले ५० हजार पाँचौले ४० हजार  रतथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् ।

५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन् ।

यस पटक सबै विधाको शीर्ष ६ सम्म बन्ने खेलाडीलाई नगद पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । १६औं संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए ।

मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको छ । १७ औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

भोजपुरमा बासिखोरा रन हुने

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]

March 17, 2025

प्लानिङ ब्वाइजको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबलाई ४-० को हार चखाउँदै प्लानिङ ब्वाइज क्लबले लगातार दोस्रो जित हात पारेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सानदार प्रदर्शन गर्यो । ५५ औं मिनेटमा सुजन डंगोलले गोलको खाता खोले । […]

Success

Thank you for your time.