2 months ago
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि जितेका छन् ।
क्षितिजले फाइनलमा शुक्रवार क्यान्डिडेट मास्टर (सिएम) मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् ।
‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले मिलनको चुनौती समाप्त पार्दै सफलता हात पारेका हुन् ।
उनले सेमिफाइनलमा पुनम प्रसाइँलाई पराजित गरेका थिए । मिलनले सुजन काफ्लेलाई हराएर उपाधि होडको यात्रा तय गरेका थिए ।
पूर्वविश्व चेस च्याम्पियन बबी फिसरले सुरु गरेको फ्रिस्टाइल चेसको प्रतियोगिता नेपालमै पहिलोपल्ट आयोजना गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ ।
यसमा उपाधि विजेता क्षितीजले २५ हजार, मिलनले ९ हजार ६ सय, सेमिफाइनलमा रोकिएका पुनम र सुजनले समान ६ हजार ४ सय रुपैयाँ प्राप्त गरे ।
हिमालयन चेस एकेडेमीले आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा आयोजित कुल १ लाख २५ हजार रुपैयाँ पुरस्कारको अर्को प्रतियोगिता ‘हिमालयन ब्लिज कप’ को उपाधि राजन पुरीले जिते । स्वीस प्रणालीको आधारमा नौ राउन्ड सञ्चालित ब्लिज कपमा अपराजित रहँदै ७.५ अंक जोडेर राजनले पहिलो स्थान हात पारेका हुन् ।
७ जित, १ हार र १ बराबरीसँगै मुहान नरसिंह श्रेष्ठले ७.५ अंक बनाएका थिए । तर, उनलाई टाइब्रेकरको आधारमा उछिन्दै राजन च्याम्पियन भएका हुन् । ७ जित र २ हारको नतिजासहित ७ अंक बनाएका अभिक शाह तेस्रोमा रहे । राजनले १५ हजार, मुहानले ७ हजार ५ सय र अभिकले ६ हजार रुपैयाँ प्राप्त गरे ।
१६ स्पर्धासमावेश ब्लिजमा महिलातर्फको उपाधि कुसुम तामाङले जितिन् । गल्र्सतर्फ यू ८ मा रुबेश्री चौलागाइँ, यू १२ मा निहाना श्रेष्ठ, यू १४ मा नायुमा मगर र यू १६ मा प्रज्ञा पन्त प्रथम भए ।
ब्वाइजतर्फ यू ८ मा शुभांग प्रधान, यू १० मा अभियान राई, यू १२ मा दीपन मैनाली, यू १४ मा प्रवीर केसी र यू १६ मा अनमोल राई पहिलो स्थानमा रहे ।
त्यस्तै, फिडे रेटिङ २००० मुनि सीताराम अग्रवाल, १७०० मुनि कृश अधिकारी, अनरेटेडतर्फ दिप्सन खड्का र एचसीएतर्फ आशिर्वाद थापा उत्कृष्ट ठहरिए । प्रतियोगितामा ५० खेलाडी सहभागि थिए ।
सात्विक वर्षका सर्बोत्कृष्ट खेलाडी
हिमालयन चेस एकेडेमीले वर्षका उत्कृष्ट खेलाडीसँगै विभिन्न आठ अवार्ड पनि प्रदान गरेको छ, जवसमा सात्विकमान तुलाधरले प्लेयर अफ दि इयर २०२४ अवार्ड जितेका छन् ।
प्रेमविक्रम अधिकारी दुई विधामा अवार्ड जित्ने एक्लो खेलाडी बने । उनले फेयर प्ले र अनलाइन एरिना अवार्डमा सफलता हात पारेका हुन् । नायुमा मगरले कन्जेनियालिटी अवार्ड, प्रवीर केसीले ट्याक्टिकल टाइटन, निहाना श्रेष्ठले क्वीन्स अफ दि हिमालयज र शुभांग प्रधानले राइजिङ स्टार अवार्ड जिते । एकेडेमीले नेपालको पहिलो फिडे रेटेड खेलाडी सीताराम अग्रवाललाई लाइफटाइम एचिभमेन्टबाट नगदसहित सम्मान गर्यो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, पहिलो राष्ट्रिय चेस च्याम्पियन विकासमान लामा, एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ, करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, एन्फा केन्द्रिय सदस्य पेमा डोल्मा लामा, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी, काठमाडौं महानगरपालिका वडा नं.११ का अध्यक्ष हिरालाल तण्डुकार, एकडेमीकी संस्थापक एवम् नेपाल बुद्धिचाल मासंघकी उपमहासचिव मोनालिशा खम्बूले पुरस्कार तथा अवार्ड वितरण गरेका थिए ।
एक वर्षमा ७ प्रतियोगिता
२०८० साल चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेमेडीले यो एक वर्षभित्र ७ प्रतियोगिता आयोजना गरेको छ । उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओपछि हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप र हिमालयन ब्लिज कप सफलतापूर्वक आयोजना गरेको हो ।
हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई काठमाडौं महानगरपालिका ११, थापाथलीस्थित आफ्नै चेस हलमा नियमित ट्रेनिङ दिइरहेको छ ।
एकेडेमीले गत पौषदेखि कौशलटारमा भक्तपुर शाखा सञ्चालनमा ल्याएको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । प्रत्येक बुधवार महिलालाई निशुल्क प्रशिक्षण दिइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]