2 months ago
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा हुने एसियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
वोर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा फागुन २७ देखि चैत ५ गते (मार्च १@ देखि १८) सम्म हुनेछ ।
च्याम्पियन्सिपमाआयोजक श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडी बिच प्रतिस्पर्धा हुनेछ।
२५ औं नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र १० औं महिला नेपाल च्याम्पियन सिन्दिरा जोशीलाई नेपाल बुद्धिचाल महासंघले सहभागिता गराएको हो।
नेपाल पुरुषोत्तम सिलवालले दर्ता बाहेकको खर्च आफै गर्ने महासंघले जनाएको छ। च्याम्पियन्सिपमा पुरुषमा ३६ र महिलामा २१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
नौं चरण स्टाण्डर्ड क्लासिकल खेलको पहिलो ४० चालका लागि ९० मिनेटको समय निर्धारण गरेको छ। ३० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट थप हुने महासंघका प्रवक्ता राजु ताम्राकारले जानकारी गराए ।
वोर्ल्ड चेस फिडेको अफिसियल बुद्धिचाल प्रतियोगितामा शीर्ष ६ पुरुष र महिला खेलाडीले ६ हजार १ सय ५० अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।
पुरुष तर्फ विजेताले १ हजार ५ सय, दोस्रोले १ हजार र तेस्रोले ५ सय डलर प्राप्त गर्नेछन् । महिला तर्फको विजेताले १ हजार, दोस्रोले ६ सय र तेस्रोले ४ सय डलर पुरस्कार पाउने छन्।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ्गले नेपाली टोलीको बिदाइ गरे।
बिदाइमा महासंघका अध्यक्ष हेराकाजी महर्जन, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरम बहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, सदस्य प्रतिमा महत, शुशिला गुरुङ, फिडे आर्विटर सोराज ताम्राकार लगायतको उपस्थिति थियो।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]