2 months ago
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसिसी जुनियर चेकमेट चेस प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल चेम्बर अफ कमर्सको एडुकेसन एन्ड स्पोर्ट्स कमिटिद्वारा हिमालयन चेस एकेडेमी र माइस इभेन्ट्ससँगको सहकार्यमा आयोजित दुई दिने प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ स्कुलका १ सय १ जना विद्यार्थीको सहभागिता थियो।
ब्वाइज र गल्र्सलाई कक्षा ३ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म गरी दुई क्याटगोरीमा विभाजन गरिएको थियो ।गल्र्स कक्षा ३ देखि ५ सम्मको स्पर्धामा फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठ विजयी भइन् ।
सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी शुभानी राना दोस्रो र अन्नपूर्ण सेकेन्डरी स्कुलकी टिस्टिना बस्नेत तेस्रो भइन् । ब्वाइज ३ देखि ५ सम्मको क्याटगोरीमा अन्नपूर्णका युनिश खड्का पहिलो भए । संस्कृति इन्टरनेनल स्कुलका संभव थुलुङ दोस्रो र ग्रिनल्यान्ड स्कुलका सुलभ पन्थी तेस्रो स्थानमा रहे ।
त्यस्तै, कक्षा ६ देखि ८ सम्मको स्पर्धामा गल्र्सतर्फ मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी निहाना श्रेष्ठले उपाधि जितिन् । अन्नपूर्णकी ओजस्वी श्रेष्ठ दोस्रो र डिभाइन स्कुलकी जेनिशा न्यौपानेले तेस्रो भइन्।
ब्वाइजतर्फ निसर्ग बाटिका स्कुलका सात्विकमान तुलाधर प्रथम भए । निसर्गकै आयन जोशी दोस्रो र एसियन पब्लिक स्कुलका दिपन मैनाली तेस्रो भए । निहाना र सात्विकमान हिमालयन चेस एकेडेमीका खेलाडी हुन् ।
स्वीस प्रणालीको आधारमा ब्वाइजको ६ राउन्ड र गल्र्सको ४ राउन्ड खेल सञ्चालन गरिएको थियो । प्रत्येक खेलको विजेताले ३ अंक र बराबरीमा १ अंक प्राप्त गरेका थिए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल र एनसीसी एडुकेसन एन्ड स्पोर्टस् कमिटिका प्रमुख रुपक राजवंशीले विजेतालाई पुरस्कृत गरे । चारै स्पर्धाका शीर्ष १० खेलाडीलाई मेडल प्रदान गरिएको थियो ।
खेलाडीको वरियताको आधारमा अन्नपूर्ण सेकेन्डरी च्याम्पियन भयो । सिद्धार्थ वनस्थली दोस्रो र निसर्ग बाटिका तेस्रोमा रह्यो । शीर्ष तीनै स्कुललाई ट्रफी प्रदान गरियो ।
कलिलै उमेरमा बालबालिकामा आलोचनात्मक सोंचाई, समस्या समाधान गर्ने कौशल र धैर्यताको विकासको लागि बौद्धिक खेलको रुपमा चेसलाई प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको एनसीसी एडुकेसन एन्ड स्पोर्ट्स कमिटिले जनाएको छ ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]