default_image

2 months ago

March 2, 2025

पुरुषोत्तमलाई फिडे रेटिङ बुद्धिचाल उपाधि

441 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पुरुषोत्तम सिलवालले अपराजित रहँदै गोकर्णेश्वर नगर मेयर कप खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको‌ उपाधि जितेका छन्।

पुरुषोत्तम‌ ९ चरणको क्लासिकल खेलमा ७ जित र २ बराबरी गर्दै ८ अंक जोडेर च्याम्पियन भएका हुन्।

गत महिना भएको २५ औं राष्ट्रिय बुद्धिचालमा दोश्रो भएका १९३७ रेटेड १९ वर्षे पुरुषोत्तमले अन्तिम तीन चरणको खेलमा भारतीय खेलाडीमाथि हाबी भएका थिए।

पुरुषोत्तमले २१५८ रेटिङ पर्फोम गर्दै व्यक्तिगत ८८ फिडे रेटिङ्ग बढाउन सफल भए । उनले नगद ५१ हजार रुपैयाँ सहित ट्रफि हात प्राप्त गरे ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित बौद्ध इन्टरनेसनल स्कुलमा भएको प्रतियोगिताको अन्तिम चरणको खेलपछि २०७० रेटेड एफएम क्षितिज भण्डारी ७ अंक  प्रोग्रेसिभ ४८ प्वाइन्टका आधारमा दोश्रो भए‌। उनले २५ हजार रुपैयाँ प्राप्त गरे।

भारतका १७१८ रेटेड मज इकबाल समान ७ अंकमा प्रोग्रेसिभ ४७ प्वाइन्ट जोडेर तेस्रो भए । उनले १६ हजार रुपैयाँ प्राप्त गरे। नेपालका १९६५ रेटड सिएम सजिन महर्जनले चौथो हुँदै ८ हजार रुपैयाँ पाए ।

प्रतियोगितामा महिलातर्फ राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशी उपाधि जितिन् । सिनियर खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ, स्थानीय सुमन मोक्तान, उत्कृष्ट अनरेटेड प्रयास कोइराला र अंकित पौडेल, ईलो १८ सय मुनि सुशील सुवेदी र कविन्द्र सिवाकोटी विजयी भए । 

सरी नै ईलो १६ सय मुनि भारतका साहिद हुसेन र कविर केसी, उत्कृष्ट विद्यार्थी आदित्य गजुरेल, अग्रिम सैंजु र आयुष भण्डारी, उत्कृष्ट स्थानीय विद्यार्थीमा ससरज राउत, प्रिसियस अधिकार र संस्कृति गवुरुल, उत्कृष्ट युवा १२ बर्षमा हार्दिक पन्त, रिजोन केसी र अग्रता आचार्य रहेका छन्। 

क्लबका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा सम्पन्न समापन समारोहमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले विजेता खेलाडीलाई पुरस्कृत गरे।
माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबको आयोजना र
गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा प्रतियोगिता फागुन १४ सुरु भएको थियो।

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.