2 months ago
March 1, 2025
चितवन (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जितेको छ।
भरतपुरको कृष्णपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलमा गोर्खालीले त्रिभुवन आर्मी क्लबलाई १२-७ को स्कोरले पराजित गर्यो।
खेलको निर्धारित समय ७-७ स्कोरले बराबरी भएको थियो। त्यसपछिको थप समयमा गोर्खालीले गोल्डेन स्कोर गर्दै च्याम्पियन बनेको हो। गोर्खालीका कप्तान यदु अधिकारीले गोल्डन स्कोर गरेका हुन्।
विजेता टोलीले २ लाख रुपैंया प्राप्त गर्यो। नेपाली रग्बी खेलको इतिहासमा यो अहिले सम्मको सर्वाधिक पुरस्कार राशी हो। दोस्रो टोलीले १ लाख रुपैंया प्राप्त गर्यो।
गोर्खाली रग्बी क्लबका भारतीय खेलाडी जावेद हुसेन प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न सफल भए।
यसअघिको सेमिफाइनलनमा आर्मीले कर्णाली प्रदेशलाई १७-१२ स्कोरले पराजित गरेको थियो।
त्यो खेलको निर्धारित समय पनि १२-१२ को स्कोरमा बराबरी भएको थियो। खेलको अन्तिम समयमा कर्णालीले एउटा सहज कन्भर्जनमा पाएको २ स्कोर गर्न चुक्दा टोलीको फाइनल पुग्ने सकेन । त्यसपछिको थप समयमा आर्मीले गोल्डन स्कोर गर्दै जोड्दै फाइनलमा स्थान बनाएको थियो।
दोस्रो सेमिफाइनल खेलमा आयोजक गोर्खालीले एपीएफलाई २९-० स्कोरले सहजै पराजित गर्यो।
एकतर्फी रुपमा टुंगिएको खेलमा गोर्खाली शुरुआत देखि नै हावी देखिएको थियो। खेलमा एपीएफले कुनै अंक जोड्न सकेन।
प्रतियोगिताका विजेता टोलीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्की, राइट पथका एमडी फिलिप केसी, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीलगायतले पुरस्कृत गरे।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]