2 months ago
February 28, 2025
विराटनगर (हाम्रो खेलकुद)- प्रतियोगितामा शीर्ष खेलाडी सिएम शुश्रुत दहाल ७ अंक जोड्दै शुक्रवार प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत बुद्धिचाल च्याम्पियन बनेका छन्।
आठ चरणको खेलबाट झापाका २०२१ रेटेड शुश्रुतले स्पष्ट अग्रता लिदै शीर्ष स्थान कब्जा गर्न सफल रहे।
यसप्रतिस्पर्धामा खोटाङका १८८७ रेटेड धिरेन राईले ६.५ अंक जोडेर बुकोल्ज्स् ४२.५ प्वाइन्टको आधारमा दोस्रो भए।
विराटनगर स्थित मारवाडी सेवा सदनको सभाकक्षमा सञ्चालित कडा स्पर्धामा समान ६.५ अंक बनाई १९३२ रेटेड प्रकाशचन्द्र नेपाल बुकोल्ज्स् ३८ प्वाइन्टसहित तेस्रो भए ।
झापा जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको बुद्धिचाल प्रतियोगितामा ६.५ अंक बनाई १९२२ रेटेड रिसोन थापा ३७.५ प्रोग्रेसिभ प्वाइन्ट सहित चौथो भए। १९८२ रेटेड राजन सुवेदी पाँचौ स्थानमा रहे ।
नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा शुश्रुतले उपाधिसहित ५० हजार, धिरेनले २५ हजार, प्रकाशले १५ हजार, रिसोनले १० हजार रुपैयाँ प्राप्त गरे।
२९ जना खेलाडीले विभिन्न विधामा पुरस्कार प्राप्त गरे। जसमा उत्कृष्ट महिला प्रथम शान्ति धिमाल, शुशिला गुरुङ दोस्रो र कृतिसारा अधिकारी तेस्रो भइन् ।
उत्कृष्ट सिनियर खेलाडी तर्फ वसन्त लामा पहिलो र मढीराज डाँगी दोस्रो भए।
यस्तै अनरेटेड तर्फ कुशल भण्डारी पहिलो र इकेश नेपाल दोस्रो भए । बिलो १८ सय रेटेडमा महेन्द्र कुमार साम्फाहाम्बे पहिलो र बलबहादुर तामाङ दोस्रो भए । युथ १६ मा आयाम श्रेष्ठ, युथ १४ मा श्रीयश चौलागाईं र युथ १२ वर्ष प्रविशा दवाडी विजयी भए ।
फागुन १३ देखि १६ गते सम्म सञ्चालन भएको प्रतियोगिताको विजेतालाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धरम बहादुर लामा, जिल्ला बुद्धिचाल संघ झापाका अध्यक्ष भुपेन्द्र निरौला, डेपुटी निर्णायक फिडे आर्विटर सोराज ताम्राकार, पूर्व केन्द्रीय सदस्य कृष्ण सिगणदेल लगायतले पुरस्कृत गरे।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]