2 months ago
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिन बिहीवार २-अन्डर ७० सहित समग्रमा १३-अन्डर २०३ को स्कोरमा लगातार तेस्रो दिन शीर्षस्थानमा कायमै रहेका छन्।
तर अन्तिम १८ होलको खेल बाकी छँदा उनले निरज तामाङलाई मात्र एक स्ट्रोकले पछि पारेका छन्। यो सँगै उपाधि होड रोमाञ्चक बनेको छ।
गोकर्ण गल्फ क्लबमा तेस्रो दिन तोरणले छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। दुई बर्डीको सहयोगमा उनले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तर ब्याक नाइनमा उनले राम्रो प्रदर्शन गर्न सकेनन्।
११औं र १२औं होलमा एक-एक सट बचाए। तर १०औं र १५औं होलमा बोगी खेपे। ब्याक नाइन इभन-पार ३६ मा सकाए। पहिलो दिन ७-अन्डर र दोस्रो दिन ४-अन्डर खेलेका थिए।
निरजले आज ४-अन्डर ६८ को उत्कृष्ट स्कोर जोडे। समग्रमा १२-अन्डर २०४ को स्कोर सहित उनी दोस्रो स्थानमा कायमै रहे। यो स्कोरमा उनले लगातार तेस्रो दिनका लिडर तोरणलाई दबाबा दिएका छन्। उनले अग्रता मात्र एक स्ट्रोकमा झारे।
निरजले आज सुरूवात राम्रो गर्न सकेनन्। पाँचौं र सातौं होलमा बोगी खेपे। आठौं होलमा एक सट बचाउँदै फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। यसपछि ब्याक नाइनमा निरजले प्रभावशाली प्रदर्शन गरे।
१२औं, १५औं र १६औं होलमा तीन बर्डी प्रहार गरे। यसपछि ४-पारको १८औं होलमा इगलको सफलता प्राप्त गर्दै ब्याक नाइनमा ५-अन्डर ३१ को सानदार स्कोर दर्ज गरे।
दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य दुवैले आज ६-अन्डर ६६ को सानदार प्रदर्शन गरे। समग्रमा ६-अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन्। एमेच्योरतर्फ उनीहरूले शीर्षस्थान बाँडे।
राहुलले तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। आठौं होलमा बोगी खेपे। फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गरे। ब्याक नाइनमा मात्र ५ वटा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइन ५-अन्डर ३१ मा सकाए। उनी संयुक्तरुपमा तेस्रो स्थानमा उक्लिए।
सदभावले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि १३औं होलमा बोगी खेपे पनि ११औं, १२औं र १८औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३४ मा सकाए।
समग्रमा ५-अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे। उनी पाँचौ स्थानमा रहे।
प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]