2 months ago
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन्।
गोकर्ण गल्फ क्लबमा ४-अन्डर ६८ को स्कोर जोडेका उनले समग्रमा ११-अन्डर १३३ सहित उनले निरज तामाङलाई ३ स्ट्रोकले पछि पारे।
पहिलो दिनका लिडर तोरणले आज पनि उत्कृष्ट सुरूवात गरे। यो क्रममा उनले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। पहिलो होलमा बोगी प्रहार गरे। तर यसपपछि दोस्रो, तेस्रो,सातौं र नवौं होलमा चार वटा बर्डी प्रहार गरे।
त्यसपछि ब्याक नाइनमा १-अन्डर ३५ को स्कोर निकाले। १०औं र १२ औं होलमा बोगी खेपे पनि तोरणले कम ब्याक गर्दै १३औं, १७औं र १८औं होलमा एक-एक सट बचाए। तोरणले पहिलो दिन ७-अन्डर ६५ स्कोर बनाएका थिए।
दिनकै उत्कृष्ट स्कोर निकालेका निरजले बोगी रहित खेले। ५-अन्डर ६७ सहित समग्रमा ८-अन्डर १३६ को स्कोरमा दोस्रो स्थानमा रहे। फ्रन्ट नाइनमा ४-अन्डर ३२ को प्रभावशाली प्रदर्शन गरे।
यो क्रममा उनले ५ होलमा बर्डी प्रहार गरे। तेस्रो होलमा एक सट बचाएका उनले यसपछि पाँचौं देखि सातौं होलमा लगातार तीन बर्डी प्रहार गरे।
त्यसपछि १२औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए। ५-अन्डरको स्कोर तयार पार्दै लिडर तोरणसँगको अग्रता ३ स्ट्रोकमा घटाए।
समग्रमा २-अन्डर १४२ को स्कोर बनाएका टंक बहादुर कार्की र दिनेश प्रजापति तेस्रो स्थानमा उक्लिए। दुवैले समान इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाए।
एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुन विश्वकर्मा र डिफेन्डिङ च्याम्पियन सदभाव आचार्य इभन-पार १४४ सहित संयुक्त रूपमा शीर्षस्थानमा छन्। आज राहुलले ३-अन्डर ६९ को स्कोर निकाले। सदभावले भने इभन-पार ७२ को स्कोर गरे।
३६ होलको समाप्तिमा १३-ओभर १५७ स्कोर गरेका २२ प्रोफेसनल र ४ एमेच्योर गरी कुल २६ गल्फरले कट बनाएका छन्।
प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]