2 months ago
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलवार तोरण विक्रम शाही सानदार सुरुवात गर्दै ४ स्ट्रोकको अग्रता लिएका छन्।
उनले ७-अन्डर ७५ को सानदार स्कोरमा दाबेदार निरज तामाङ र सञ्जय लामालाई ४ स्ट्रोकले पछि पारेका हुन्।
गोकर्ण गल्फ क्लबमा तोरणले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्न्ट नाइनमा चार बर्डी प्रहार गरे। दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा एक-एक सट बचाए।
आठौं होलको बोगीलर फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। यही लयलाई निरन्तरता दिंदै ब्याक नाइनमा बोगी रहित ४-अन्डर ३२ को उत्कृष्ट प्रदर्शन गरे। ११औं, १३औं, १५औं र १७औं होलमा चार बर्डीको सफलता प्राप्त गरे।
निरज र सञ्जय दुवैले ३-अन्डर ६९ को स्कोर गरे। उनीहरुले दोस्रो स्थान बाँडे। यो सिजन उच्च लयमा रहेका निरजले तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए।
त्यसपछि ११औं होलको बर्डीका विरूद्ध १३औं होलको बोगीले ब्याक नाइनमा इभन-पार ३६ को नतिजा निकाले।निरजले यो सिजन दुई उपाधि जितिसकेका छन्।
सञ्जयले फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे। पहिलो, तेस्रो, चौंथो र सातौं होलमा बर्डी प्रहार गरे। बोगी रहित ४-अन्डर ३२ मा फ्रन्ट नाइनको खेल सकाए। ब्याक नाईन भने उनले सोही लयलाई निरन्तरता दिन सकेनन्। १-ओभर ३७ मा चित्त बुझाए।
१०औं होलको वोगी सहित ब्याक नाईन सुरु गरेका सञ्जयले ११औं र १३औं होलमा बर्डी प्रहार गरे। तर १६औं र १८औं होलमा एक-एक सट खेर फाल्दा निरजसँग दोस्रो स्थान बाँड्न बाध्य भए।
दिनेश प्रजापति, जयराम श्रेष्ठ र टंक बहादुर कार्की समान २-अन्डर ७० को स्कोर गर्दै चौथो स्थानमा छन्।
एमेच्योर तर्फ डिफेन्डिङ च्याम्पियन सदभाव आचार्य शीर्षस्थानमा छन्। उनले इभन-पार ७२ मा पहिलो दिनको खेल सकाउँदा राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा र बाबु पौडेललाई ३ स्ट्रोकले पछि पारे।
राहुल र बाबुले ३-ओभर ७५ को कार्ड तयार पारे। चार दिने प्रतियोगितामा ३० प्रोफेसनल र ९ एमेच्योरगरी कुल ३९ गल्फरको सहभागिता छ। ३६ होलको समाप्तिमा कट लागु हुनेछ। शीर्ष २१ खेलाडीले बाकी ३६ होलको लागि स्थान सुरक्षित गर्नेछन्।
प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]